साइबर अपराधको जालो फैलँदै, डा. रामहरि सुवेदी

By Shiva Basnet

डा. रामहरि सुवेदी साइबर सेक्युरिटीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । नेपालको पहिलो अनलाइन टिभी डिसी नेपालका संस्थापक रहेका उनी हाल अमेरिकामा बसी सूचना प्रविधि सुरक्षामा विज्ञता प्रस्तुत गरिरहेका छन् । नेपाल प्रहरीका साइबर सुरक्षा सल्लाहकारसमेत हुन् उनी । चितवन गुञ्जनगर घर भएका सुवेदीले अमेरिकास्थित नर्थसेन्ट्रल युनिभर्सिटी फेनिक्स एरिजोना अमेरिकाबाट नेपालको साइबर सुरक्षासम्बन्धी विषयमा विद्यावारिधि गरे ।

मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसके पनि कतिपय अवस्थामा प्रयोगकर्ताबीच असमझदारी तथा ज्ञानको कमीका कारण अनलाइन तथा इन्टरनेटमा सूचनाको सुरक्षा संवेदनशील भइसकेकाले आफूले यस विषयमा अनुसन्धान गरेको उनी बताउँछन् । सुवेदी दुई दसकअघि अध्ययनका लागि सन् १९९३ मा अमेरिका गएका थिए । उनी अमेरिकामा रहँदा अनलाइट टिभी डिसी नेपाललाई पनि लोकप्रिय बनाउन भूमिका खेले । नासामा ७ वर्ष काम गरिसकेको थिएँ । एउटै काम गरिरहन मन लागेन । अब केही फरक गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि साइबर सेक्युरिटीमै केही गर्नुपर्छ र त्यो नेपालकै लागि गर्नुपर्छ भन्ने सोच राखेँ ।

‘म प्रोफसनल्ली पत्रकार होइन । तर प्रविधिले पत्रकार बनाइदियो,’ उनले भने । अमेरिकी पत्रकार समाजले उनलाई बेस्ट जर्नालिजम अवार्ड २०११ समेत प्रदान गरेको थियो । उनले १० वर्षसम्म डिसी नेपाल नेतृत्व गरे । हाल साइबर हेडलाइन्स मिडिया स्थापना गरेका उनले यसमार्फत साइबर सुरक्षालाई प्रवद्र्धन गर्न लागिपरेको बताए ।

अमेरिका म्यारिल्यान्डको भूगर्भ प्रक्षेपण केन्द्र र नासामा विगत ७ वर्षदेखि कम्प्युटर सुरक्षा विभागमा सिस्टम इन्जिनियरका रुपमा कार्यरत थिए । उनी भन्छन्, ‘नासा विश्वकै सम्मानित यस्तो संस्था हो, जसले पृथ्वीदेखि ताराहरुसम्मको अध्ययन गर्छ । मैले ७ वर्षसम्म नासाको स्पेस मिसनलाई सिक्योर गर्ने काम गरें ।’ उनले जब साइबर सेक्युरिटी विद्यावारिधिको क्रममा ३ महिनाको छुट्टी लिए नासाबाट तब विद्यावारिधि गरेको भोलिपल्टदेखि उही जागिर गर्न मन लागेन ।

‘७ वर्ष काम गरिसकेको थिएँ । एउटै काम गरिरहन मन लागेन । अब केही फरक गर्नुपर्छ भन्ने सोच आयो । त्यसपछि साइबर सेक्युरिटीमै केही गर्नुपर्छ र त्यो नेपालकै लागि गर्नुपर्छ भन्ने सोच राखेँ ।’ यसपछि नेपाल आएका उनलाई नेपाल प्रहरीले साइबर सुरक्षा सल्लाहकर नियुक्ति गर्यो ।हाम्रो तालिमको मुख्य जोड भनेको मानिसले जुन प्रविधि प्रयोग गरिरहेका हुन्छन्, त्यो कसरी सुरक्षित रुपले प्रयोग गर्ने भनेर फस्ट लाइन अफ डिफेन्स एडुकेशन प्रदान गर्छौं

उनले  साइबर सुरक्षाको अनुसन्धान मात्रै गर्दैनन्, विदेशमा बस्ने नेपालीहरुका लागि लक्षित गरी साइबर सेक्युरिटी इन्टरनेसनल नामक संस्थासमेत स्थापना गरेका छन् । साथै नेपाल च्याप्टरका रुपमा यस संस्थाले सयभन्दा बढी स्कुल/कलेजमा गरी २० हजार नेपालीलाई साइबर सेक्युरिटी तालिम प्रदान गरिसकेको छ ।

‘हाम्रो तालिमको मुख्य जोड भनेको मानिसले जुन प्रविधि प्रयोग गरिरहेका हुन्छन्, त्यो कसरी सुरक्षित रुपले प्रयोग गर्ने भनेर फस्ट लाइन अफ डिफेन्स एडुकेशन प्रदान गर्छौं,’ उनले भने ।

बढ्दो साइबर अपराध, यसबाट हुन सक्ने हानि तथा नोक्सानी नेपाल प्रहरीका लागि चुनौती सावित भएको डा. सुवेदीको ठम्याइ छ । कसैलाई साइबर अपराधअन्तर्गत कारबाही अगाडि बढाइए पनि कानुन अभावमा उसले सहजै उन्मुक्ति पाउने व्यवस्था रहेको पनि सुवेदीले बताए ।

हाल नेपाल बसाइमा रहेका डा. सुवेदी मंगलबार साइबर सुरक्षा रोक्न नेपालको तयारी विषयक कार्यक्रम अन्तक्रिया कार्यक्रममा प्रमुख वत्ताको रुपमा उपस्थित भए । सफ्टेक फाउन्डेशन प्रालिको हलमा इन्फाेसेक नेपालले अायाेजना गरेकाे अन्तक्रियामा उनले पछिल्ला दिनमा फिसिङ साइटहरुको बिगबिगी बढेको र ९० प्रतिशत प्रयोगकर्ता यसबारे अवगत नभएको बताए ।

सतर्क नभए डाटा चोरीको समस्या विकराल हुनेतर्फ संकेत गर्दै उनले नेपाल सरकारले साइबर सेक्युरिटी डिपार्टमेन्ट खडा गरी यसउपर ऐन निर्माण गर्ने, नियमन गर्ने, सुरक्षा निकायसँग नजिक रही कामकारबाही सघाउ पु¥याउने र आम उपभोक्ता र सूचना प्रविधि सेवाप्रदायकलाई सचेतना दिने काम तत्काल थाल्नुपर्ने आवश्यकता औल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here