आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु 

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।

www.ictawardnepal.com मा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइन भोट गर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि आफूलाई मन परेको स्टार्टअप र प्रडक्टलाई भोट दिन सकिन्छ । अनलाइन र एसएमएस भोटिङको समयावधि एक साताका लागि खुला गरिएको छ । थप जाकारीका लागि आइसिटी अवार्डको एन्ड्रोइड मोबाइल एप्लिकेशन पनि प्रयोग गर्न सकिन्छ ।

आइसिटेक मिडियाको आयोजनामा हुने सो अवार्ड वितरण समारोहमा दुवै विधाअन्तर्गत शीर्ष ३ मा पर्ने टिम र प्रडक्टलाई आइसिटी अवार्ड प्रदान गरिनेछ । सोही अवसरमा आइसिटी पायोनियर्स अवार्ड र आइसिटी डायस्पोरा अवार्डबाट एक÷एक जनालाई सम्मान गरिने आइसिटेक मिडिया प्रालिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

असारको तेस्रो साता खुलाइएको अनलाइन रजिस्ट्रेशनमा ४३ स्टार्टअप कम्पनी र ५२ आइसिटी प्रडक्टले आवेदन दिएका थिए । ‘अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसर’ भन्ने नारासहित आइसिटी उद्योगमा समर्पित यस अवार्ड आगामी भदौ १ मा हुने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here