बाग्लुङको तमानखोलामा टेलिकमको सेवा

११ असार, काठमाडौं । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर पश्चिम भेगको बिकट स्थान तमानखोलामा विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यो अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।

तमानखोला गाउँपालिका-३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं- ३ र ४ का करिव ६ सय घरधुरीका बासिन्दा र खुङखानीको वडा नं. ६ का वासिन्दालगायत सो क्षेत्रका अन्य वासिन्दालाई मोवाइल फोन मार्फत अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सहज भएको छ ।

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।तमान खोला बाग्लुङ जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पश्चात करिव डेढ घण्टाको पैदल मार्गको दुरीमा रहेको छ । उक्त स्थान छिमेकी जिल्ला म्याग्दीको सिमानासंग जोडिएको छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

२०७४ असार ११ गते ६:२३ मा प्रकाशित

Source: hClick Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *