App To Analyze The Sound To Know Our Babies

काठमाडौं । 

पहिलोपटक सन्तानलाभ गरेका आमाबाबुहरुलाई बच्चाको बारेमा केहि अनुभब हुदैन।त्यसैले आफ्नो बच्चा रुँदा किन रोयो भन्ने कारण थाहा पाउन निकै गाह्रो पर्छ । जिउमा कुनै पीडा भएर हो की भोक लागेर हो वा अन्य कारणले हो छुट्टाउनै गाह्रो हुन्छ ।  यस्ता नयॉ  अभिभावकहरुको समस्यालाई समाधान गर्नेगरी वैज्ञानिकहरुले  स्मार्टफोन एप निर्माण गरेका छन् जसले बच्चा किन रोएको हो  भन्ने कुरा तत्कालै बताइदिनेछ । स्मार्टफोन एपले बच्चा रोएको आवाजलाई डिकोड गर्न सक्छ र रुनुको कारण पत्ता लगाउन सक्छ ।

त्जभ क्ष्लाबलअत ऋचष्भक त्चबलकबितयच नामक एप नेसनल ताइवान युनिभर्सिटी हस्पिटल युनलिनका शोधकर्ताले बनाएका हुन्।  एपमा मौजुद ठूलो डाटाबेससँग बच्चा रोएको नयाँ आवाजलाई तुलना गरिन्छ र सोही आधारमा अहिले बच्चा किन रुँदैछ भन्ने कुरा पत्ता लगाइन्छ ।यो एपले बच्चा रुने अनेक प्रकारलाई पहिचान गर्न सक्छ ।

आफ्नो बच्चा रुन थालेसँगै आमाबुवाले यो एप भएको स्मार्टफोनको रेकर्डिंग बटनलाई १० सेकेण्डसम्म थिच्नुपर्दछ । त्यसपछि रुवाइको आवाज साउण्ड क्लाउड ड्राइभमा अपलोड हुन्छ । एपले त्यसपछि उक्त आवाजको विश्लेषण गरी १५ सेकेण्ड भित्रमा रुनुको कारण सहितको नतिजा प्रयोगकर्ताको मोबाइलमा पठाइदिन्छ । एप निर्माताहरुले यो एपमा १ सय जना नवजात शिशुहरुका विभिन्न अवस्थाका २ लाख प्रकारका रुवाइहरुको आवाज रेकर्ड गरेर एपमा भण्डारण गरेका छन् ।

एक शोधकर्ताका अनुसार यो एपले बच्चा भोकले, निद्राले, दुखाइले वा दिसा पिसाबले चिसो भएको मध्ये के कारणले रोएको हो भन्ने बच्चाको रुवाइका विभिन्न ४ प्रकारका फरक आवाज पहिचान गर्न सक्छ ।  ।

अहिलेसम्म प्रयोगकर्ताबाट मिलेका फिडब्याकका आधारमा २ हप्ताभन्दा कम उमेरका बच्चाहरुको मामिलामा यो एपले ९२ प्रतिशत सही नतिजा दिएको छ । तर बच्चाको उमेर जति बढ्दै जान्छ यो एपले दिने नतिजा उति नै बढि गलत बन्दैजान्छ । एप निर्माताले दाबी गरेका छन, ६ महिना भन्दा कम उमेरका बच्चाहरुको रुवाइएको कारण पत्ता लगाउनका लागि यो एप उपयोगी सावित भएको छ ।

एजेन्सीको सहयोगमा