रामपुर माबीमा साईबर अपराधबाट बच्ने उपायबारे प्रशिक्षण

बिष्णु प्रिया रिजाल (Dcnepal.com) काठमाण्डौं, जुन २३, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम पश्चिम चितवनको रामपुर माबीका बिधार्थीहरुलाई पनि प्रदान गरियो । नेपालमा चितवन चन्द्रनगर भई हाल बेल्जियममा बस्दै आउनु भएका क्याट बेल्जियमका अध्यक्ष साथै नेपाली जनसंम्पर्क समिती बेल्जियमका महासचिब दिनेस भण्डारीको प्रयास र प्रायोजकमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कामको सिलशिलामा बिगत केहि बर्ष देखि स-परिवार सहित बेल्जियममा बस्दै आउनु भएको छ । बिदेशमा बसेर पनि वाहाँले आफ्नो देश र समाजको लागि सहयोग गर्दै आउनु भएको छ ।

करिब ७० जना बिधार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा दिनेस भण्डारीले बेल्जियमबाट भिडियो मार्फत सहभागि बिधार्थीहरुलाई आफ्नो सन्देश पठाउनु भएको थियो । सन्देश पछि आफ्ना पिताले आफ्नो बिचार राख्नु भएको थियो। साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट पुजा गुरुङले कार्यक्रमको समायोजन गर्नुका साथै साईबर सुरक्षा संम्बन्धी प्रशिक्षण पनि दिनु भएको थियो । प्रशिक्षण दिनेहरुमा संस्थाका सदस्य मुना भट्ट र पारस पौडेल पनि हुनु हुन्थ्यो। करिब ३ दिनसम्म लगातार दिनको ५ घण्टासम्म जनचेतनामुलक प्रयोगात्मक तालिम चलेको थियो ।
उक्त तालिम अहिले भईरहेको साईबर अपराधबाट कसरि बच्ने र फोन, फेसबुक, ईन्टरनेट, कम्प्युटर, वाईफाईलाई कसरि सुरक्षित तरिकाले चलाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो । अन्तमा कार्यक्रम सम्बन्धी स्कुलका शिक्षकहरुले र बिधार्थीहरुले आ-आफ्नो प्रतिकृया दिएका थिए ।
आँफुले अध्ययन गरेको क्याम्पसका विद्यार्थीहरुलाई साईबर सुरक्षा संम्बन्धि चेतना जगाउने अभिप्रायले प्रायोजन गर्नु हुने दिनेस भण्डारी ज्युलाई साईबर सेक्युरिटी ईन्टरन्यासनल वशिङ्टन डिसी र नेपाल परिवार हृदयदेखि नै धन्यवाद दिन चाहान्छ ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।