Economic Agenda And First Board Meeting, Rupandehai Chapter

काठमाडौं । 

क्यान रुपन्देहीको नयाँ कार्यसमितीको पहिलो बैठक सनिबार बुटवलमा भब्य र सब्य तरिकाले सम्पन्न भएको छ । सो बैठक क्यान रुपन्देहीका अधक्ष्य रोशन कंडेलको सभापतित्व एबम क्यान महासंघका केन्द्रिय कार्यसमिति सदस्य श्री नवराज कुँवरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

can federation lumbini
उक्त बैठकले आगामी दिनमा क्यान रुपन्देही कसरी अगाडी जाने भन्ने बिषयमा गहन छलफल चलाउनुका साथै विभिन्न योजनामा व्यापक मन्थन गरेको थियो ।

जिल्लाका योजना कर्यनयन गर्न केन्द्रबाट कस्तो सहयोग हुन सक्छ भन्ने बिषयमा केन्द्रिय सदश्य नबराज कुवरले बिस्तृत जानकारी बैठकलाई गराउनु भएको थियो । आवको तिन महिना भित्र जिल्लामा के कस्ता कार्यक्रम हरु संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन अनुसन्धान गरी दश दिन भित्र प्रतिबेदन पेश गर्नका लागि बिभिन्न उपसमितीको गठन समेत बैठकले गरेको छ ।

कार्यक्रम मा बोल्ने क्रममा सस्थाका अधक्ष्य रोशन कंडेलले अहिले तुरुन्त गर्न सकिने काम को बारेमा बैठक लाइ जानकारी गराउदै जिल्ला भरी का क्याम्पस लाई समेटी एउटा जिल्ला इस्तरिय हाजिरी जवाफ प्रतियोगिता , रक्तदान कार्यक्रम , रुपन्देही का बिभिन्न कम्प्युटर बिक्री तथा मर्मत केन्द्र मा कार्यरत प्राबिधिक साथी हरु लाई अन्तरराष्ट्रिय स्तरको तालिम एब्म सेमिनार , यस् क्षेत्रका स्कुल एबम क्याम्पस मा प्राबिधिक क्षेत्रमा कार्यरत प्रशिक्षकहरु लाई विभिन्न तालिम दिन तथा सम्मान गर्न सकिने ,यस क्षेत्र मा रहेका बिभिन्न क्याम्पस लाई समेत क्यान माहासंघमा आबद्ध गरी आगाडी बढ्न सकिने कुरा जानकारी गराउनु भयको थियो।

त्यस्तै जिल्लाले गर्ने सम्पूर्ण काममा केन्द्र ले पूर्ण रुपमा सहयोग गर्ने कुराको प्रतिबद्धता कार्यक्रमका प्रमुख अथिति माहासंघ केन्द्रिय सदश्य श्री नवराज कुवरले ब्यक्त गर्नुभएको थियो । सचिव माधव अर्यालले सन्चालन गर्नु भयको कार्यक्रममा सस्थाका कोषाअद्क्ष्य नारायण श्रेष्ठ, कार्यसमिति सदस्य देब राना, सदस्य सुरेश चन्द्र भट्टराई, लायायेतले सस्था अरु सबै तबरले अती बलियो भई सकेको र अबको चुनौती भनेको अर्थसंकलन र परिचालन भयेको हुँदा कसरी अर्थ सन्कलन गर्न सकिन्छ भन्ने बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

rupandehai can chapter

बैठकले क्यान संघ बाट महासंघ भएपछीको पहिलो जिल्ला कार्यसमितिमा निर्बाचित गर्न सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्तो हरु लाइ धन्यबाद ज्ञापन गरेको छ ।साथै सो बैठकले क्यान महासंग रुपन्देहीको नबनिर्बाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा केन्द्रबाट पल्नुभाई जिल्लालाई हौसला प्रदान गर्नुभएकोमा महासंग अदक्ष्य एबम पधादिकारी हरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।