स्काइपीको नयाँ भर्सन सार्वजनिक, थपिए यी फिचर्स

जुन महिनाको सुरुमा माइक्रोसफ्टले स्काइपीको नयाँ भर्सन ल्याउने घोषणा गरेको थियो । आफ्नो उक्त घोषणालाई पूरा गर्दै अन्ततः माइक्रोसफ्टले एन्ड्रोइडमा स्काइपीको नयाँ भर्सन ८.० पेश गरेको छ ।

स्काइप ८.० एप तपाइँ गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुनेछ ।

इपीको नयाँ भर्सन हेर्दा माइक्रोसफ्टले ह्वाट्सएप, इन्स्टाग्राम तथा स्न्यापच्याटलाई टक्कर दिनका लागि निकै मेहेनत गरेको देखिन्छ ।यो अपडेट सुरुमा एन्ड्रोइड स्मार्टफोनमा मात्रै उपलब्ध छ । केही पछि आइओएस, विन्डोज तथा म्याकमा समेत स्काइपीको नयाँ भर्सन लञ्च गर्ने माइक्रोसफ्टको तयारी छ ।

नयाँ स्काइपीको खास विशेषता के के छन् ?

नयाँ अपडेटमा स्काइपी एपमा तिनवटा ट्याब देखा पर्दछन् । यसमा ‘च्याट्स’, ‘क्याप्चर’ तथा ‘फाइन्ड’ ट्याब रहेका छन् ।

स्काइपीको ग्रुप च्याटलाई रि डिजाइन गरी पहिले भन्दा धेरै एक्सप्रेसिभ बनाएको छ । अब स्काइपीको ब्याकग्राउण्डलाई आफ्नो मनपर्ने रङमा बदल्न सकिनेछ ।

स्काइपीको पछिल्लो भर्सनको सहायताले तपाइँसँग आफ्ना खास पलहरु एकसाथ शेयर गर्नका लागि अनगिन्ती अप्सनहरु हुनेछन् । साथै च्याटका हरेक मेसेजमा तपाइँले रिएक्ट पनि गर्न सक्नुहुनेछ, जस्तो तपाइँ फेसबुकको मेसेन्जर च्याट एपमा गर्न सकिन्छ ।

यतिमात्र होइन, यो नयाँ अपडेटसँगै अब तपाइँ भिडियो कलिङका दौरान पनि रिएक्ट गर्न सक्नुहुनेछ । एपको च्याट ट्याबबाट यी सबै गर्न सकिनेछ ।

स्काइपीमा यो सँगै एउटा नयाँ हाइलाइट ट्याब पनि जोडिएको छ । हाइलाइट ट्याबको माध्यमबाट फोटो तथा भिडियोबाट हाइलाइट रिल बनाएर तपाइँ त्यसलाई कन्ट्याक्ट लिस्टमा भएको मानिसहरुसँग शेयर गर्न सक्नुहुनेछ ।

त्यस्तै क्याप्चर नामक ट्याबको माध्यमबाट तपाइँ तस्वीर तथा भिडियो खिचेर च्याटमा पोष्ट गर्न सक्नुहुनेछ ।

साथै स्काइपीमा नयाँ फिचर ‘फाइन्ड’ पनि थप भएको छ । यसको सहयोगले वेबको कुनैपनि सामाग्रीलाई खोज्न सकिनेछ । जसमा जिआइएफ लगायतका चिजहरु खोजेर च्याटमा अट्याच गर्न पनि सकिन्छ ।
एजेन्सी

२०७४ जेठ २९ गते १०:४२ मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here