अमेरिकामा किताब बिक्रीको रकम महावीर पुनको आविष्कार केन्द्रलाई

सोमबार, २२ जेठ २०७४

बोस्टन –अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्।अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्।

अमेरिकामा घागी पुस्तक बिक्रीबाट करिब १ हजार २ सय अमेरिकी डलर संकलन भएको थियो। सो रकममा लेखक शिव प्रकाश र उनकी पत्नी जोत्सना पौडेलले १ हजार ३ सय डलर थप गरी एकमुष्ट २ हजार ५ सय डलर केन्द्र स्थापनाको हस्तान्तरण गरेका हुन्।

‘दक्षिण एसियाको म्यागासेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले राष्ट्रिय अविष्कार केन्द्र विस्तार गर्न रकम जुटाइरहेको अवस्थामा पुस्तक बिक्रीबाट संकलित रकम प्रदान गरेको हुँ,’ लेखक शिवप्रकाशले भने, ‘महावीर पुनजस्ता देशकानिधिले पदक बेच्ने अवस्थाआउनु दूर्भाग्यपूर्ण कुरा हो।’ पुनले पाएको म्यागासेसे पुरस्कार राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न बिक्रीमा छ।

नेपालको विसंगतिप्रति तीखो कलम चलाउने शिव प्रकाशले नेपालका विभिन्न परोपकारी अभियानमा करिब २५ लाख रुपैयाँ सहयोग गरिसेकेका छन्। उनी अमेरिकाको बोस्टनमा बसोबास गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here