मे २ तारिखलाई प्रविधि दिवसको रुपमा सरकारबाट अनुमोदन

मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा नेपाल सरकारबाट अनुमोदन


क्यान महासंघको अगुवाईमा नेपाल सरकारका विभिन्न निकाय तथा निजी क्षेत्रका संघ–संस्थाहरुसँगको सहकार्यमा विगत ७ वर्षदेखि मे २ तारिखलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आईरहेको  छ । क्यानको प्रस्ताव अनुरुप हालैको मन्त्रीपरिषद बैठकले यो दिनलाई औपचारिकरुपमै ‘सूचना तथा सञ्चार प्रविधि दिवस’का रुपमा मनाउने निर्णय गरेको छ ।

यो निर्णय सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संघर्षरत ब्यक्ति तथा संस्थाहरुका लागि गौरवपूर्ण र ऐतिहासिक पनि हो । नेपाल सरकारको यो निर्णयले आई सी टी कम्यूनीटीलाई थप हौसला र उत्प्रेरणा प्राप्त भएको छ । यो निर्णय समग्र सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारका लागि कोसेढुंगासावित बन्ने छ ।

सूचना तथा सञ्चार प्रविधिलाई देश विकासको प्रमुख औजारको रुपमा प्रयोग गर्न प्रोत्साहन गर्ने किसिमले सरकारले जुन निर्णय गरेको छ त्यसले आई सी टी क्षेत्रलाई अझ तिव्र गतिमा अघि बढ्न ऊर्जा मिलेको छ ।

यो गौरवपूर्ण र ऐतिहासिक निर्णयका लागि विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री प्रेम बहादुर सिंहज्यू, नेपाल सरकार र सम्वन्धित सबै निकायहरुलाई क्यान महासंघको तर्फबाट क्यान महासंघका अध्यक्ष ई.विनोद ढकालज्यूले हार्दिक आभार एंव धन्यवाद ब्यक्त गर्नु भयो । साथै विगत ७ वर्षदेखि यो दिनलाई सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आएका निजी क्षेत्रलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा अझ राम्रो ढंगले दिवसलाई सार्थक बनाउन सहकार्य गर्ने बाचा गर्नु भयो ।

क्यान महासंघले सूचना प्रबिधिको विकास, विस्तार र प्रवद्र्धनका लागि आगामी दिनहरुमा पनि सरकार र निजी क्षेत्रसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here