एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य

 काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवाफोरजी/ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ ।

नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले भोलि बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्नेछन् ।नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले जनाएको छ ।

“हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

सन् २०१७ को अन्त्य सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्‍याउने लक्ष्य एनसेलले लिएको छ । यसका लागि उसले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ ।

फोरजी सेवाका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरबाट फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । नयाँग्राहकले फोरजी सिम नै प्राप्त गर्ने उसले बताएको छ ।

एनसेलले भोलि फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई ३ दिनमा १ जिबी डेटा भोल्युम निःशुल्क प्रदान गर्ने जनाएको छ । साथै असार १६ गतेसम्म फोरजी सेवा लिने ग्राहकले भर्खरै सार्वजनिक भएको योण्डर म्युजिक एपमा फोरजी सेवा लिएको ३० दिन सम्म निःशुल्क अनलाइन गीत सुन्न सक्नेछन् ।

यस बाहेक चाँडै नै डिभाइस सर्भिस बण्डलिङ्गमा आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड फिल्ममा पहुँच हुने जस्ता रोचक योजनाहरु ल्याउने कम्पनीले जनाएको छ ।

२०७४ जेठ १७ गते २०:४५ मा प्रकाशित (२०७४ जेठ १८ गते ११:२०मा अद्यावधिक गरिएको)

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here