फस्टाउँदै अनलाइन सपिङ

फस्टाउँदै अनलाइन सपिङ

आइतबार, १४ जेठ २०७४, १० : ३५ |

 काठमाडौं- बौद्ध नयाँबस्ती घर भएका सानु लामाले अनलाइनकै माध्यमबाट बुधबार केमु डट कममा गर्मी मौसमका लागि सेतो टिसर्ट माग गरिन्। गोल्डेनगेट कलेजमा बिबिएस अध्यनरत सानुले अर्डर गरेको केही घन्टामा नै आफ्नो रोजाइको टिसर्ट हात पारिन्।

‘अहिले घरमा नै बसेर इन्टरनेटको माध्यमबाट विभिन्न फेसनका लुगा हर्ने गर्छु। बजारमा कस्ता कस्ता फेसनका लुगा भित्रिए भन्ने कुरा इन्टरनेट सर्च गरेर पनि थाहा हुन्छ,’ सानुले भनिन्, ‘इन्टरनेटको माध्यमबाट जुतादेखि विभिन्न फेसनका सामग्री किन्ने गरेको चार वर्ष भयो। इन्टरनेटमा प्राइस, साइज र क्वालिटिसँगै कतिको ब्रान्डेट हो भन्ने थाहा हुन्छ।’

यसैगरी, कपन स्थायी घर भएका मनोज श्रेष्ठले गएको वैशाख २४ गते छोरीको विवाहमा फर्निचरका सामान दिन छोरीलाई नै अनलाइन सपिङबाट छनौट गर्न लगाए। छोरी रमाले फर्निचरसम्बन्धी विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल अध्ययनपछि चक्रपथस्थित फर्निचर हब कम्पनीको सामान मन पराएको श्रेष्ठले नागरिकलाई बताए। त्यहाँको फर्निचरको क्वालिटी र मूल्य सोचेजस्तै पाएको उनको भनाइ छ।

यस्तै, चाबहिल बस्ने शर्मिला बस्नेतले पनि अनलाइनबाटै एमके ब्रान्डको ह्यान्ड ब्याग अडर गरेको केही समयभित्र नै हात पारिन्। दिदीले अनलाइनबाट छनौट गरिदिएको उक्त ब्याग १७ सय रुपैयाँमा किनेको शर्मिलाले बताइन्। अहिले हरेक चोकमा ब्यागको पसल भए पनि आफूले चाहेजस्तो नहुँदा अनलाइनबाट हेर्न सजिलो बनाएको शर्मिलाको अनुभव छ। उनले भनिन्, ‘अनलाइनबाट किनेको सामान खोजेजस्तै भेटिन्छ,’ कस्तो कलर, कति प्राइस, कस्तो डिजाइन मात्रै नभएर फरक–फरक ब्रान्डको सामान छान्न सहज हुन्छ।’

पछिल्लो समय नेपालमा अनलाइन बिजनेसमा ई पसल सञ्चालन गर्नेको होडबाजी चलेको छ। भारत र अन्य विकसित देशमा जस्तै अनलाइन बिजनेसमा नेपालमा पनि विस्तार भइरहेको छ।

अनलाइन सपिङ नेपाली बजारमा विश्वासिलो माध्यमको रुपमा विस्तार भइरहेको छ। अनलाइनबाट आफूले चाहेको कलर ब्रान्ड, डिजाइन र फेसनका सामग्री पाउन सहज हुने भएकाले अनलाइन सपिङ फस्टाएको केएल टावर चाबहिलका मनोज अधिकारीले बताए। ‘अहिले अनलाइनमा फिक्स प्राइस हुन्छ। सामान मन पर्‍यो भने अडर गरेको केही समयमा नै घरमा आइपुग्छ। यो सुविधाले घरायसी महिलादेखि उच्च ओहोदाको व्यक्तिहरुलाई समेत सहज भएको छ।’ लेडिज फेसन सञ्चालन गरिरहेका अधिकारीले भने, ‘लेडिजहरु विभिन्न फेसनका सामान किन्न रचाउँछन्। जति नै महंगो भए पनि अडर आइरहन्छ।’

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालसँगै आफ्नो सपिङ सेन्टर, महल, मार्केट, पसलको लाइक पेज, वेबसाइटसँगै फेसबुकले समेत ग्राहकको ध्यान तान्ने गरेको छ। सामान्यतः भान्छाको सामानदेखि फर्निचरका सामान समेत अनलाइनबाटै माग गर्ने गरेको अनलाइन सञ्चालकको भनाइ छ। नेपालमा कस्तो सामान भित्रिए, कस्तो प्रकारका फर्निचर, ब्रान्डेट घडी, मोबाइलदेखि, भित्री पोसाक समेत अनलाइनबाटै खरिद हुने गरेका छन्।

नेपालमा अनलाइन बिजनेस

नेपालमा सन् २००० मा ठमेल डटकम सुरु भएको थियो। अहिलेसम्म आइपुग्दा सयौं अनलाइन सपिङ वेबसाइटहरु सञ्चालनमा आइसकेका छन। मुन्चा डट कम, हरिलो डट कम, ई झोला डट कम, भाटभटेनी अनलाइन डट कम, थि्रडपेन्ट्स डटकम, सस्तो डिल डटकम, उपहारहरु डटकम, सपमान्डु डटकम, मेट्रो तरकारी डटकम, सपिङनेपाल डटकम, फुडमान्डु डटकम, नेपाली बजार डटकम, पसल डटकम, आइसप नेपाल डटकम, किनमेल डटकम, रोजेको डटकम, एस कान्तिपुर डटकम, कारोबारमार्ट डटकम, काठमान्डौमार्ट डटकम, केमु लगायत दर्जनौ वेबसाइटमार्फत भर्चुअल मार्केटको व्यापार भइरहेको पाइन्छ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here