कम्प्युटर भाइरस बाट बच्ने सजिलो उपायहरु

कम्प्युटर भाईरस – एक परिचय

कम्प्युटर भाइरस भनेको कुनै रोगको जैविक जीवाणु नभएर एक प्रकारको प्रोग्राम हो जुन आफैं संचालित भई एउटा कम्प्युटर बाट अर्को कम्प्युटरमा फैलिन्छ । यसले कम्प्युटरमा अनावश्यक समस्याहरू उत्पन्न गरेर प्रयोगकर्तालाई दिक्क बनाउनुको साथै कम्प्युटरका डाटा तथा प्रोग्रामहरू नष्ट गरीदिन्छ । भाइरसले सफ्टवेयर मात्र नभएर हार्डवेयरमा समेत समस्या उत्पन्न गराउ“दछ ।

तपाईंले सामान्यतया इन्टरनेट चलाउ“दा या आफुले चिनेका व्यक्ति तथा संघसंस्थाबाट आएका इमेल चेक गर्दा कम्प्युुटरमा भाइरस लाग्ने सम्भावना कम हुन्छ । तर तपाईंले इन्टरनेटको दुरूपयोग गरी जथाभावि आफुलाई थाहा नभएका वेबसाइट खोल्ने, जो कोहीले पठाएका ईमेलहरु खोल्ने, बजारबाट किनेर ल्याएका अनाधिकृत गेमहरुका सि.डि बाट गेम खेल्दा तथा जो कोहि का रिमुभेवल डिभाईसहरु जस्तै पेनड्राईभ, मेमोरी कार्ड, फ्ल्पीडिस्कहरु विना भाईरस स्कयानिड्ड गरि खोल्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना प्रवल रहन्छ ।

भाइरस एकपटक तपाईंको कम्प्युटरमा लागिसकेपछि यो व्यापक रूपमा फैलिन्छ, एक पछि अर्को गर्दै अनावश्यक फाईलहरु क्रिएट भई कम्प्युटरको प्रोसेसरलाई अस्तव्यस्त वनाईदिन्छ, फलस्वरुप तपाईंको कम्प्युटर ढिला हुन जान्छ । कुनै कुनै भाइरसले कम्प्युटर प्रोग्राम खोल्नासाथ बन्द गरिदिन्छ, कति ले आवश्यक फाईल आफुले थाहै नपाईकन मेटाईदिन्छ, कुनै भाईरसले कम्प्युटर नै अटोमेटिक रुपमा बन्द गरिदिन्छ भने कतिपयले कम्प्युटरका हार्डवेयर डिभाईसहरुले नै काम नगर्ने बनाईदिन्छन् । कम्प्युटर भाइरस  कम्प्युटरमा फैलिनको लागि भाईरसको मुख्य कोड एक्टिभ हुनुपर्दछ, यस्ता कोडहरु तपाईंको इमेलमा संगसंगै एट्याच भएर या तपाईंले कुनै फाइल इन्टरनेट बाट डाउनलोड गर्दा संगसंगै डाउनलोड भएर या अन्य पेन ड्राईभ तथा मेमोरी कार्डको प्रयोग गर्दा आफुले थाहै नपाई तपाईंको कम्प्युटरमा आई एक्टिभ भई सकेको हुनसक्दछ ।

भाईरस किन बनाईन्छ?

जैबिक भाइरस सरह कम्प्युटर भाइरस आफैं लाग्ने बिमारी होईन न त यिनीहरू प्राकृतिक रूपमा जन्मेका हुन्छन् न त कुनै कम्प्युटरमा भएका प्रोग्रामको गल्तीले नै बन्ने गर्दछन् । यिनीहरू त जानी जानी अर्कालाई दुःख दिने उदेश्यले कम्प्युटरका प्रोग्रामरहरुले नै बनाएका हुन्छन् ।

कम्प्युटर भाइरस बनाउनु को पछाडि धेरै कारणहरू हुन सक्दछन् । कुनै भाईरसहरु सकारात्मक प्रयोजनका लागि बनाईएका हुन्छन भने प्रायःजसो भाईरसहरु नकारात्मक प्रयोजनको लागि बनाईएका हुन्छन । जस्तो सकारात्मक प्रयोजन भन्नाले कुनै कम्पनिले आफुले बनाएका प्रोग्रामहरु एकपटक मात्र खरिदकर्ताले प्रयोग गर्न मिल्ने, एकभन्दा बढिले प्रयोग गर्न नमिल्ने, यदि अनाधिकृत रुपमा प्रयोग गर्न खोजे भाईरसका कोडहरु स्वत एक्टिभ भई दोश्रो प्रयोगकर्ताको कम्प्युटरमा पस्ने या ओरिजिनल सि.डि बाहेक अरु कसैले कपि गरेमा कपि गरेको सि.डि. मा भाईरस एक्टिभ हुने आदि । र नकारात्मक प्रयोजन भन्नाले कुनै खोज तथा अनुसन्धान गर्ने क्रममा बन्न जाने भाईरसका प्रोग्रामहरु, कुनै हांसोठट्टा गर्ने उद्देश्यले, कुनै विध्वंस नै मच्चाउने प्रयोजनले अभिप्रेरित भई, कुनै कम्पनिको उत्पादन माथि आक्रमण गर्न, राजनैतिक रुपमा विविध म्यासेज फैलाउन, विभिन्न प्रलोभन देखाई पैसा कमाउन आदि विभिन्न उदेश्य राखि मान्छेहरू भाइरस बनाउंछन् ।

भाइरसले कसरी काम गर्दछ?

कुनै भाईरसले असर गरेका प्रोग्राम तथा तपाईंले बनाएका फाइलहरु एक्टिभेट हुंदा त कतिपय अवश्थामा बुट सेक्टर भाईरस प्रवेश गरेका कम्प्युटरहरु स्टार्ट हुंदा नै भाईरस हरु कम्प्युटरमा प्रवेश गर्दछन । यसरी भाईरसहरु तपाईंको कम्प्युटरमा प्रवेश गरिसकेपछि तपाईंको कम्प्युटरमा भएका सही प्रोग्रामहरुका कोडहरु बदलिन जान्छन जसले गर्दा प्रोग्रामले असामान्य व्यवहार देखाउन सुरु गर्दछन ।

भाइरस कोड एक्टिभेट भइसकेपछि भाईरसको प्रोग्रामले तपाईंको कम्प्युटरलाई नियन्त्रणमा लिन्छ र आफुखुशि मनपरी राज गर्न थाल्दछ । कुनै भाईरस कम्प्युटरमा सर्नासाथ असर देखाउन थाल्दछन भने कतिपय भाइरसहरु तपाईंको कम्प्युटर मेमोरीमा कपि भएर बस्दछन र तत्कालै कुनै असर देखाउंदैनन् । जब एक निश्चित कम्प्युटरका ईभेन्ट ट्रिगर (भाईरसको प्रोग्राम अनुसार) हुन्छन अनि यिनले असर देखाउन थाल्दछन । प्रायजसो भाईरसहरुले फाईलका साईजहरुलाई अनावश्यक रुपमा बढाईदिन्छन, एकभन्दा धेरै कपि बनाएर कम्प्युटरको मेमोरी भरिदिन्छन र कम्प्युटरले आफुले गर्ने कार्यको दिशा परिवर्तन गरि कम्प्युटरको प्रोसेसरलाई अफ्ठयारोमा पारिदिन्छन । कहिलेकांहि तपाईंले कुनै एउटा प्रोग्राम खोल्नुभयो भने थाहै नपाई उक्त प्रोग्रामलाई सयौं पटक खोलिदिन्छन साथै आफुले नखोलेका प्रोग्रामहरु थाहै नदिई खुलिदिन्छन र बन्द गर्ने ठाउं नै दिंदैनन् ।

कम्प्युटरलाई भाइरसबाट जोगाउने केही तरिकाहरू

कम्प्युटर लाई भाइरसबाट जोगाउने केही तरिकाहरू यसप्रकार छन् ।

१.  एउटा भरपर्दो तथा प्रचलित कम्पनिले उत्पादन गरेको एन्टीभाइरस सफ्टवेयर कम्प्युटरमा इन्सटल गर्नुहोस्् र यसलाई नियमित रूपमा अपडेट गर्नुहोस् । अपडेटले नयां नयां भाईरसको पहिचान गरि नष्ट गर्न मद्दत पुर्याउंदछ ।

२.  हरेक दिन नयां नयां भाइरसहरू आईरहने हुनाले यिनीहरूबाट जोगाउन तपाईंको एन्टिभाइरस सफ्टवेयर एक्स्पायर भएको छ भने तुरन्त नया“ एन्टि भाईरस सफ्टवेयर ईन्सटल गर्नुपर्दछ ।

३. तपाईंंको कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर छैन भने बाहिरका रिमुभेवल डिभाइसहरूको प्रयोग नगर्नुहोस्् ।

४.  कम्प्युटरमा भएको एन्टिभाइरस सफ्टवेयर लाई हरेक पटक कम्प्युटर वुट गर्दा आफसे आफ स्क्यान शुरु गर्ने गरी मिलाउनुहोस्् ।

५.  एन्टिभाइरस सफ्टवेयरले सबै प्रकारका भाइरस तथा ट्रोजन हर्स पत्ता लगाउन नसक्ने भएको हुंदा इन्टरनेट बाट जथाभावि फाईलहरु डाउनलोड नगर्नुहोस् । यसरी डाउनलोट गरेका फाइलहरू खोल्दा विचार पु¥याउनुहोस्् । जहां पायो त्यहीं बाट डाउनलोड गरेका फाईलहरु एक्कासी रन नगर्नुहोस्् ।

६.  तपाईंको ईमेल या न्युज सफ्टवेयरमा अटोमेटिक रुपमा एक्जेक्युट हुने प्रोग्रामहरु जस्तो जाभास्क्रिप्ट, वर्डम्याक्रो आदिका फिचरहरुलाई डिसेबल गर्नुहोस् ।

७.  अनलाइन च्याटिङ गर्दा अपरिचित व्यक्तिले दिएका प्रोग्राम तथा फाइलहरूका लिंकलाई क्लिक नगर्नुहोस् ।

८.  महŒवपूर्ण फाइलहरूको नियमित व्याक अप लिनुहोस्् ।

९.  विना लाइसेन्स प्रतिलिपि गरी सस्तोमा विक्री गरेका सफ्टवेयरहरू कहिले प्रयोग नगर्नुहोस्् ।

१०.  ईमेल बाट आएका फाइलहरू लाई डाईरेक्ट कहिले पनि नखोल्नुहोस् । साथै शंका लागेको अपरिचित फाइलहरू नखोलि मेटाईदिनुहोस् ।

११.  कुनैपनि पेन ड्राईभ, मेमोरी कार्ड तथा अन्य रिमुभेवल डिभाईसहरुको प्रयोग गर्नु भन्दा पहिला स्क्यान गर्नुहोस्् ।

१२.  आफ्नो कम्प्युटर जो पायो त्यहि अपरिचित व्यक्तिलाई प्रयोग गर्न नदिनुहोस्् ।

१३. एन्टिभाइरस सफ्टवेयरको हमेशा रेस्क्यु डिस्क सेट बनाएर राख्नुहोस् । यसले बुट सेक्टरमा लागेका भाईरसहरुलाई हटाउन मद्दत गर्दछ ।

१४. यदि तपाईंको कम्प्युटरमा लागेको भाईरस तपाईंको एन्टिभाइरस सफ्टवेयरले हटाउन सकेन भने ईन्टरनेट बाट अनावश्यक प्रोग्रामहरु ईन्स्टल गरेर भाईरस हटाउने चेष्टा कदापि नगर्नुहोस् र सकेसम्म चांडो नजिकको कम्प्युटर विशेषज्ञलाई देखाउनुहोस् ।

Author: Hemanta Baral

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here