‘विश्वका दश करोड बढी युवाले ओप्पो फोन बोकिरहेका छन्’

‘विश्वका दश करोड बढी युवाले ओप्पो फोन बोकिरहेका छन्’

-माइकल ली

क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डको थालनी गर्दै नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले रु ३५ हजार ४ सय ९० निर्धारण गरेको छ ।हेडअफ मिडिया बाइङ् (साउथ एसिया), ओप्पो मोबाइल्स

करिव १ महिना अन्तरालमा सार्वजनिक गरिएको एफथ्री, एफथ्री प्लस पछि सार्वजनिक गरिएको डुअल फ्रन्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो । डुअल सेल्फी क्यामेरा सहितको यो फोन सार्वजनिक गर्नु पछाडी कम्पनीको उद्देश्य, फोनका विशेषता लगायत बारेमा केन्दि्रत रहेर ओप्पोका हेड अफ मिडिया बाइङ् (साउथ एसिया) माइकल लीसँग अनलाइनखबरले गरेको कुराकानीको सारः

ओप्पोले डुअल सेल्फी क्यामेरा सहितका नयाँ फोनहरु, ओप्पो एफथ्री र एफथ्री प्लस सार्वजनिक गरेको छ । डुअल सेल्फी क्यामेरा सुसज्जित यी फोन सार्वजनिक गर्नुका पछाडी कम्पनीको प्रमुख उद्देश्य के हो ?

ओप्पोले सन् २०११देखि नै सेल्फी ट्रेण्डको अगुवाइ गरिरहेको छ । ओप्पोको एफ सिरिज सन् २०१६मा बिश्वभर नै सफल प्रमाणित भयो । आजको मितिसम्म आइपुग्दा अहिले विश्वभरका १० करोडभन्दा बढी यूवा पुस्ताले ओप्पो क्यामेरा फोनको प्रयोग गरिरहेका छन् ।

हामीले केही समय अगाडी उपभोक्ताको समय ब्यतित गर्ने बानीका बारेमा बजार सर्वेक्षण गरेका थियौँ । बजार सर्वेक्षणमा १८ देखि ३५ बर्षे मानिसले आफ्नो सर्वाधिक समय अन्य मानिससँग ब्यतित गर्ने गरेको हामीले पायौँ । सहकर्मी, परिवार तथा साथीहरुसँग ब्यतित गरिने उक्त समयलाई हामीले ‘अस् टाइम’को संज्ञा दिएका छौँ । समयको थोरै अंशमात्र तिनले आफ्ना लागि ‘मि टाइम’का रुपमा ब्यतित गरेको पाइयो । हाम्रा लागि यसले नयाँ अवसर तथा ट्रेण्डको संकेत दियो । अवसरको सदुपयोग गर्दै उपभोक्ताको आवश्यता सम्बोधन गर्ने सोंचका साथ उत्कृष्ट गु्रप सेल्फी लिन सघाउन यी फोनहरु सार्वजनिक गरिएका हुन् । उत्पादनमा उत्कृष्टता प्रदान गर्नका लागि हामीले फोनको विकास तथा अनुसन्धान प्रक्रियालाई मजबुद बनाएका छौं । ग्रुप सेल्फी ट्रेण्डको सुरुवात गर्ने एफथ्री स्मार्टफोन सेल्फी एक्स्पर्ट सिरिजको परिस्कृत रुप हो ।

एफ सिरिजमा के-कस्ता विशेषता छन् ? ओप्पो एफ सिरिजको लक्षित उपभोक्ता को हुन् ?

बिश्व बजारमा गरिएका विभिन्न सर्वेक्षण मार्फत हामीले प्रयोगकर्तामा सेल्फीको माग बढ्दो रहेको पायौँ । उपभोक्ताको यही माग अनुरुप एफ सिरिजको सेल्फी क्षमताका पक्षमा विशेष जोड दिइएको छ । सेल्फीका सवालमा सर्वोत्कृष्टता दिनका लागि फोनमा सोनीसँगको सहकार्यमा विकसित आइएमएक्स ३९८ ईमेज सेन्सरको प्रयोग गरिएको छ । त्यसैगरी,  सार्प र तिब्र फोकसिङ्का लागि सिक्सपी क्यामेरा र गु्रप सेल्फीका लागि वाइड एङ्गल लेन्स पनि उपलब्ध छ । प्राविधिक विकासमा केन्दि्रत रहँदै आफ्ना उपभोक्तालाई पूर्ण सन्तुष्टि प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।

फोनमा रहेका दूई क्यामेरामा के-कस्ता भिन्नता छन् ? एफथ्रीमा रहेका डुअल सेल्फी क्यामेराका प्रमुख विशेषता के के हुन् ?

एफथ्रीमा सेल्फीका लागि १६ मेगापिक्सेल तथा गु्रप सेल्फीका लागि ८ मेगापिक्सेल क्षमता र १ सय २० डिग्री वाइड एङ्गल सहितको क्यामेरा दिइएको छ ।

ग्रुप सेल्फीका लागिः सम्भवतः उद्योगकै पहिलो सीक्सपी ८ मेगापिक्सेल क्यामेरा र १ सय २० डिगि्र वाइड एङ्गल सहितको फ्रन्ट क्यामेरा यसमा उपलब्ध गरिएको छ । यसले साधारण क्यामेराका तुलनामा १ सय ५ प्रतिशत फराकिलो ‘फिल्ड अफ भ्यू’  उपलब्ध गराउँछ । जसले गर्दा आफन्त, परिवारजन, साथीभाईसँग ‘अस् टाइम’ ब्यतित गरिरहँदाका रमाइल पलहरु सहजै क्यामेरामा कैद गर्न सकिन्छ । साथै, सीक्सपी लेन्सले न्यूनतम विकृतीका साथ उत्कृष्ट तस्विर लिन सकिन्छ ।

सेल्फीका लागिः ओप्पोले एफथ्रीमा सेल्फी पलका लागि १६ मेगापिक्सेल क्षमता सहितको क्यामेरालाई निरन्तर्ता दिएको छ । प्रयोगकर्ताहरुको उत्साह पूर्ण मागलाई दृष्टिगत गर्दै यसमा परिस्कृत ब्यूटिफाइ ४.० फञ्सनपनि उपलब्ध गराएका छौँ । त्यसैगरी, स्क्रिन फ्ल्यास, सेल्फी पानारोमा, पाम सटर लगायत वातावरण अनुरुप विभिन्न फिल्टर्सको ब्यवस्थापनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओप्पो क्यामेरा फोनको माध्यमबाट जहाँकहीँ जहिल्यैपनि आवश्यता अनुसार सहजै उत्कृष्ट सेल्फी खिच्न सकिन्छ ।

ओप्पाले आफ्ना फोनहरुमा निरन्तर रुपमा ब्यूटिफाइ फिचरलाई परिस्कृतरुपमा प्रस्तुत गरिरहेको छ । नयाँ परिस्कारले उपभोक्तालाई के कस्ता सुविधा प्रदान गर्छ ?

विशेषगरी दक्षिण पूर्वी एसियामा ‘ब्यूटिफाइ’ फिचर निकै लोकपि्रय छ । यही कुरालाई दृष्टिगत गर्दै हामीले दक्षिणपूर्वी एसियाली उपभोक्तालाई नै विशेष ध्यानमा राखि ब्यूटिफाई ४.०/एसईए भर्जन परिस्कृतरुपमा उपलब्ध गरेका छौं  । यसका लागि उपभोक्ताको प्रयोग बानी, मुखाकृति, विविधता लगायत विषयलाई विशेष ध्यान दिएका छौँ । यसरी परिस्कृत गरिएका फिचर्सले उपभोक्ताको आवश्यता अनुसार सुविधा प्रदान गर्नेछ र तिनले थप मनपराउने छन् भन्ने हाम्रो विश्वास छ ।

ओप्पो फोनका डिजाइन उपभोक्ता माझ लोकप्रिय तथा विशेष चर्चाको विषय बन्ने गरेको छ । एफथ्रीको डिजाइनमा के कस्ता विशेषता छन् ?

ओप्पो एफथ्रीमा विशेष किसिमको सिक्स स्टि्रङ् अल्ट्रा फाइन एन्टिना डिजाइन उपलब्ध गरिएको छ । यसले विभिन्न सिग्नल रेञ्जको प्रतिनिधित्व गर्दै आवश्यकताअनुसार फोरजी र वाइफाइ सिग्नलको चयन गर्छ । साथै, उपलब्ध सिग्नल मध्ये उत्कृष्ट सिग्नलको छनोट गरी गुणस्तरिय ईन्रटरनेट सुविधा उपभोग गर्ने कार्यमा सघाउ पुर्‍याउँछ । हामीले फोनको युनीबडी मेटल डिजाइनमा समेत परिमार्जित ह्याण्ड गि्रपको प्रयोग गरेका छौँ । यसले फोनलाई पि्रमियम लुक्स दिनुका साथै समाउँदा समेत उत्कृष्ट र आनन्ददायी अनुभव प्रदान गर्छ ।

ओप्पोले एमडब्ल्यूसी २०१७मा ‘फाइभ एक्स अप्टिकल जुमिङ’को प्रदर्शनी गर्यो, त्यसैगरी एमडब्ल्यूसी २०१६मा ‘सुपर भीओओसी’ प्रविधि प्रदर्शित गरेको थियो । यी प्रविधिलाई वास्तविक उत्पादनमा उपभोक्ताले कहिलेसम्म प्रयोग गर्न पाउनेछन् ?

एमडब्ल्यूसीमा हामीले वैश्विक स्तरमा निकै चर्चा पाउन सफल ‘फाइभएक्स अप्टिकल जुमिङ’ र ‘स्मार्ट सेन्सर’ प्रदर्शित गरेका थियौँ । प्रदर्शनीमा उपस्थित अवलोकनकर्ता र विभिन्न मिडिया मार्फत ती प्रविधिका लागि विभिन्न अवार्ड समेत प्रदान गरिँदा हामी निकै गौरवान्वित छौँ । फाइभएक्स जुमिङ लगायत प्रविधि, प्राविधिक विकासका लागि हाम्रो निरन्तर प्रयासकै उपज हो । तर, प्रविधि उपलब्ध गराउन उपयुक्त बजार र समयको समेत आवश्यता पर्छ । तसर्थ, ठूलो परिमाणमा उत्पादनका लागि हामी बजारको माग र उपयुक्त समयको पर्खाइमा छौँ । निकट भविष्यमा उपयुक्त समय आउनेमा हामी निकै आशावादी पनि छौँ ।

२०७४ जेठ ७ गते १६:५९ मा प्रकाशित

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here