Upreti you are a great leader of ICT Journalist

Bharat Raj Upreti, Founder President of ICT Journalist Development Forum, Chief Editor of ICT Onlinekhabar.com, ICTkhabar.com and so on.

एक दशकको आइसिटी पत्रकारीतालाई अनलाइन पत्रकारीता दैनिकीमा बदल्दै पत्रकार भरतराज उप्रेती

साइवर सञ्चार पत्रिका, आइसिटी न्युज साप्ताहिक, आइसिटी पत्रकार विकास मञ्च संस्था, आइसिटी अनलाइनखबर वेभ पत्रिका सँगै सोसल मिडियाको कन्सेप्टमा आइसिटी पत्रकारीतालाई अनलाइनमा व्यवस्थित र व्यवसायीकरण गर्न लागिपरेका छन् भरतराज उप्रेती । युवा पुस्तालाई आइसिटीमा डिजिटल इम्पावर गराउदै सोसल न्युज मिडिया र कल्चर टुरिजम्मको सोसल अवधारणालाई नेपाली आइसिटी पत्रकारीताको माध्यमबाट चिनाउने लक्ष्यकासाथ अनलाइन आइसिटी पत्रकारीतातर्फ आफ्नो दक्षता र विज्ञतालाई अगाडी बढाउने सोच उप्रेतीको छ ।
“नागरिकपोष्ट, मातृभूमि, प्रोफाइल लाइफ, एनआरएन प्रोफाइल, आइसिटी खबर, लिभिङ नेपाललाई सोसल मिडियाको कन्सेप्टमा अगाडी बढाउने सोचका साथ अनलाइन दैनिकीको रफ्तारमा उप्रेती लागि पर्ने बताउँछन् ।”

पत्रकारीता मर्यादित पेशा हो, जसको सिद्धान्तअनुसार हिड्न सक्दा । पत्रकारीताको स्वरुप भाषा क्षेत्र र समाज अनुसार फरक फरक भए पनि यसको सिद्धान्त भने एउटै छ । कुनै पनि धर्म,भाषा, लिङ्ग, क्षेत्रको निष्पक्ष सूचना प्रसारणको माध्यम हो पत्रकारीता, पत्रकारीताको सम्वाहक हुन् पत्रकार अर्थात कुनै पनि धर्म, भाषा, लिङ्ग क्षेत्रको स्वतन् त्र व्यक्ति ।
नेपालको हरेक काल खण्डमा नेपाली पत्रकारीताको इतिहास ऐतिहासिक बन्दै आएको छ । पत्रकारीता पेशा नैतिक, मर्यादित र स्वतन्त्र हुन जरुरी छ तर नेपालमा व्यवसायिक पत्रकारीताको ट्रेण्ड नबस्दा पत्रकारीता पेशा सिद्धान्त वीपरित हुदै आएका छन् । जसलाई व्यवसायिक बनाउने स्पष्ट नीति अझैसम्म पनि सरकारले अख्तियार गर्न सकेको छैन । राज्यको चौथो अंगभित्र पर्ने पत्रकारीता पेशामा निष्पक्ष तवरले लगानी गर्ने सञ्चालक र पत्रकारहरु यो क्षेत्रमा टिक्न नसक्ने अवस्थामा आइपुग्दा पत्रकारीता पेशा आफैंमा नैतिक संकटमा पर्दै गएको तीतो सत्य जो कसैका अगाडी पनि छिप्न सकेको छैन ।

आज लगानी गरेर भोलि नै प्रतिफल चाहने सोचका कारण आइसिटी क्षेत्र र आइसिटी मिडियामा एकल भ्वाइस स्थापित हुन सकिरहेको छैन त्यसका लागि हामी एकजुट भएर आइसिटी पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने खाँचो खट्किएको छ ।

पत्रकारीता क्षेत्रहरुको महत्वको व्यवस्थापन नहुदा नेपालमा मात्र राजनीतिक पत्रकारीताको अमर्यादित प्रतिस्पर्धा चलेको छ । राजनीतिक शक्तिहरु मिडियामार्फत राजनीतिक सत्ता दाउपेचको होडमा लाग्दा स्वतन्त्र व्यवसायिक पत्रकारीताको मर्म ओझेलमा पर्दै गएको अवस्था छ, नेपालमा ।
स्वतन्त्र पत्रकारीतामार्फत कृषि, संस्कृति, पर्यटन व्यवसाय र स्थानीय स्रोत साधनको प्रयोगमा व्यापक जोडदिनुपर्ने पत्रकारको धर्म भए पनि निगाहको भरमा मिडिया सञ्चालन गर्ने परिपाटीले राजनीतिक स्वार्थको दाउपेचमा पत्रकारको दैनिकी गुज्रिरहेको छ । विज्ञापन मागेकै भरमा उसका सबै कुरा राम्रा छन् भन्ने कुरा नेपाली पत्रकारीताको बाध्यता भएकोले सत्य तथ्य र यथार्थ सूचनाका स्रोतहरु मिडियामा आउन सकेका छैनन् ।
पत्रकारीता पेशाको सिद्धान्त मर्म र पत्रकारको बाध्यता बखान गरिरहदा विगत एक दशकदेखि आइसिटी पत्रकारीताको अनुभवलाई टिप्पणी गर्दै आइसिटी पत्रकार विकास मञ्चका संस्थापक भरतराज उप्रेतीले भने, नेपालमा व्यवसायिक पत्रकारीताको ट्रेण्ड नै नबसेको अवस्थामा आइसिटी क्षेत्रको पत्रकारीता पेशा र पत्रकारको दैनिकी उठबसको अवस्थामा अर्थात गर या मरको स्थितिमा गुज्रेको छ । आइसिटी वस्तु तथा उत्पादन र सेवाको सही जानकारी आम नागरिकमा गराउनुपर्दछ भन्ने बुझेका तर त्यस कुरालाई आइटी क्षेत्रका अधिकांश व्यवसायी आइसिटी मिडियामार्फत आउन नचाहेका कारण आइसिटी मिडिया सञ्चालक र पत्रकारहरु संकटमा परेका हुन् । आफ्ना व्यवसायिक सूचना ठूला मिडियामा लाखौं खर्च गरेर दिन सक्ने अनि आइसिटी क्षेत्रको विकास र आइसिटी व्यवसाय प्रवद्र्धनमा सञ्चालनमा आएका आइसिटी मिडियामा हजार रुपैया पनि खर्च गर्न नचाहने सोचका कारण आइसिटी पत्रकारीतामा लागे पनि पछि हट्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कुनै पनि क्षेत्रको विकासका लागि त्यस क्षेत्रको सूचना र जानकारीको ज्ञान आम नागरिकमा गराउने माध्यम मिडिया र पत्रकार भएकाले आइसिटी क्षेत्रको विकास बिस्तारका लागि पनि आइसिटी मिडिया र पत्रकारको भूमिका आवश्यक छ । प्रिन्ट पछिको सफल मिडिया माध्यम अनलाइन स्थापित भइसकेको अवस्थामा सरकारको प्राथमिकतामा आइसिटी पत्रकारीतामा नीति आउनुपर्यो भने आइसिटी क्षेत्रका अग्रज व्यक्ति, व्यवसायी र आइटी कम्पनीहरुले आइसिटी मिडियालाई स्थापित गराउन यस क्षेत्रमा दशकदेखि सञ्चालनमा आएका तर ओझेलमा परेका आइसिटी अनलाइन मिडिया तथा श्रम र लगानी दुबै खन्याएका जोशिला युवा पत्रकारहरुलाई साथ दिनु अहिलेको टड्कारो आवश्यकता भित्र पर्दछ । आइसिटी क्षेत्रको विकास र बिस्तार योगदान दिने हो भने आइसिटी मिडिया र पत्रकारीतालाई सहयोग र सम्मान गर्न आइसिटी स्टेकहोल्डरले जान्नुपर्दछ ।
आइसिटीमा भाषण गरेर इभेन्ट कन्फरेन्स आयोजना र टेक्नोलोजी भित्र्याएर मात्र आइसिटीको विकास सम्भव छैन । युवा पुस्तालाई आइसिटी अवसर दिदै समग्र सूचना प्रविधिको विकासमा लगानी खर्चिन हो भने आइसिटी सूचनालाई आम नागरिकको पहुँचमा पुर्याउन प्रिन्ट, अनलाइन र सोसल मिडिया माध्यमलाई प्रयोगमा ल्याउनुमा नै बुद्धिमानी हुने आइसिटी पत्रकार उप्रेतीको तर्क छ ।
आइसिटी पत्रकारीतामा लागेको झण्डै दशक बित्न लाग्दा पनि आइसिटी पत्रकारीता अझै माथि उठ्न नसक्नुमा सरकारको आइसिटी नीतिको कार्यान्वयन र पत्रकारीतामा आइसिटी मिडियाको स्थायित्व नहुनु नै हो उप्रेती बताउँछन् । आइसिटी नीतिमा सरकारको राजनीतिक दाउपेचले कार्यान्वयन असफल बन्नु, आइसिटीका लगानीकर्ताहरु खुलेर प्रतिस्पर्धामा आउन नचाहनु, आइसिटी मिडियामा सरकारी तथा बाहिरी लगानी नहु्नुले आइसिटी पत्रकारको भविष्य अझै अन्योलमा रहेकोे छ उप्रेतीले आफ्नो अनुभव शेयर गरे ।
२०६३ सालमा बजार प्रतिनिधिको रुपमा काम गर्न साइवर सञ्चार साप्ताहिकमा सुरु गर्दै गर्दा २ महिनाभित्रै व्यवस्थापनको जिम्मेवारी सहित संवाददाताको भूमिकामा आफूलाई उभ्याउन सफल उप्रेतीले ६ महिनाभित्रमै सहायक सम्पादनको जिम्मेवारी सम्हाल्न पुगेका थिए । भित्री मनदेखि काम गर्ने उत्साह र जाँगर पलाएको छ भने कुनै पनि क्षेत्रमा नसोचेको सफलता प्राप्त गर्न सकिन्छ भन्ने सोच बोकेका भरतराज उप्रेतीको २०६३ सालसम्मको एकेडेमिक प्रोफाइल व्यवस्थापन संकाय प्रवीणता प्रमाणपत्र तह पास, अनुभव सामाजिक सेवाको ५ वर्षे अनुभव, मेडिकल सञ्चालन अनुभव हेल्थ एजुकेसनका प्रशिक्षकको थियो भने कम्प्युटर वेसिक लेभलको टे«डिङ र पत्रकारीतको ३ महिने वेसिक ट्रेडिङ मात्र थियो । उप्रेती आइटीका न त एकेडेमीक नै थिए न त पत्रकारीताका विज्ञ । मात्र उप्रेतीमा आइसिटी पत्रकारीतालाई व्यवसायिक र मर्यादितै बनाउदै सूचना प्रविधि व्यवसायको प्रवद्र्धन र आइसिटी क्षेत्रको विकासका लागि आइसिटी मिडियाको माध्यम बनाउने भिजन थियो । प्रथम श्रेणीमा एसएलसी पास भएर २०५६ मा काठमाडौंमा उच्च शिक्षाका लागि प्रवेश गरेका उप्रेती कमजोर आर्थिक अवस्थाका कारण कलेज भर्ना भएको २ महिनादेखि नै जागीरको खोजीमा भौतारिएका थिए ।
कलेज जान थालेको ३ महिना नबित्दै ललितपुरको पुल्चोकमा जागीरको अफर पाएका उप्रेतीले केही महिना चाबहिल कलेजमा ८ बजेसम्मको कक्षा लिई त्यहाबाट नक्सालबाट पाटन ढोकासम्मको बसमा चढेर जागिर गर्न थाले भने कतिपय अवस्थामा बस भाडा समेत तिर्ने पैसा नहुदा कलेजमा पुगी पहिलो क्लास लिएर हिडेरै पुल्चोक अफिस पुग्ने गरेको दुःख बताए । २०५८ मा एक हजार मासिक तलब पाएका उप्रेतीलाई पाएको जागीर छोड्नु न खानु भयो । मासिक १ हजारले बस भाडा र खाजा खान समेत नपुग्ने भएपछि ३ महिनापछि सो जागीर छाडेका थिए । त्यसपछि संघ संस्थाको सामाजिक काममा आकर्षित भई सामाजिक सेवातर्फ आफनो दैनिकीलाई डोर्याए तर सामाजिक संघ संस्थामा त उल्टै पैसा दिनुपर्ने अवस्था आएपछि उप्रेती सहरी जीवनशैलीप्रति केही निराश बन्न पुगे । सामाजिक संघ संस्थामा काम गर्दा पब्लिक रिलेसन त हुने तर दैनिकी गुजारा नचल्ने भएपछि फेरि जागीरको खोजीमा दौडिए तर कतै पनि जागीरको लागि राम्रो अवसर नपाएपछि गाउमा सँगै पढेका साथीको संस्थाबाट सञ्चालित स्वास्थ्य इन्स्च्यिुटमा अफिस व्यवस्थापनको काममा केही समय बिताए । बस भाडा र खाजा खर्चका लागि सो कामले धाने पनि थप कमाए नभएपछि फेरि हिमाल खबरपत्रिकाको मार्केटिङको जागीर छोडेर संस्था खोलेका सानीआमाको छोराको साथीसँगको चिनजानमा सम्पर्क भएपछि फेरि सुरु भयो सामाजिक सेवाको दैनिकी तर अवस्था उस्तै ।
२ वर्ष सामाजिक संस्थाको सेवामा लुकामारी गर्दै २०६०÷०६१ मा स्वास्थ्य इन्स्च्यिुट चलाएका साथीको डिभी परेपछि सोही इन्स्च्यिुट सानीआमाको छोरासँग मिलेर किने र सञ्चालक तथा व्यवथापक भएर चलाए । सोही इन्स्च्यिुटलाई शैक्षिक परामर्श केन्द्रसँगै नर्सिङ कलेज स्थापनको सोचका साथ कम्पनीमा दर्ता गराए र ५ जना सञ्चालकहरु थपे । युवा साथीहरुको साथ र सहयोगमा भिजन बनाउदै अघि बढेका उप्रेतीको सोच त्यतिबेला चकनाचुर भयो जब पछि थपेका सञ्चालक साथीहरुले लगानीको प्रतिफल वर्षदिन नपुग्दै दोब्बर खोज्दै गर्दा । २ वर्ष पनि राम्रोसँग सो इन्स्च्यिुट नचलाई साथीहरुले भने अनुसार एउटा कुर्सी र टेबल बोकेर उप्रेती सञ्चालक व्यवस्थापनबाट आफ्नो लगानी छोडेर बाहिरए । इन्स्च्यिुटलाई शैक्षिक पामर्श केन्द्रमा बदल्ने र नर्सिङ कलेजसम्मको भिजनलाई थाती राख्दै फेरि सामाजिक संस्थामा फर्किए उप्रेतीले भने । सामाजिक संस्थामा पहिलेभन्दा आधा समय दिए बाकी समय परामर्श र ट्रेडिङमा उप्रेतीका दैनिकी बित्दै गए ।
केही महिनापछि इन्स्च्यिुटमा काम गर्दा चिनेका अहेवसँग कोटेश्वरमा फार्मेसी पसलमा लगानी गरेका उप्रेतीको झण्डै एक वर्ष लामो समयसम्म फार्मेसीको दैनिकी बन्यो । पछि फार्मेसी पसललाई नयाँ ढंगबाट मेडिकलको रुपमा सञ्चालन गर्ने कुरामा अहेवसँग कुरा नमिल्दा फार्मेसी पसलबाट समेत उप्रेतीले हात झिके ।
सन्दर्भ २०६३ को अन्ततिर माघ फाल्गुनको हो, सामाजिक संस्थामा २ वर्ष पहिले काम गरेका एकीकृत सिमाज विकास नेपालका अध्यक्ष दीपक कार्कीसँँग भेट भयो र कार्कीले भने आइटी पत्रिका प्रकाशनमा आएको छ, समाचार लेखन तथा खोजको काम गर्ने हो, त्यहाँ काम गर्ने अवसर छ भन्दा उत्सुकता जाग्यो र काम गर्ने प्रतिक्रिया तत्काल जनाए । तर कार्कीले भने सूचना प्रविधि सम्बन्धी समाचार बाहेक अरु समाचार प्रकाशनका लागि योग्य हुदैन । साथीले भने अनुसार राम लक्ष्मणले बनाएको वाइक गार्डको समाचार बनाएर न्युज डेस्कमा पठाए र प्रकाशित पनि भयो । त्यसपछि आइटी पत्रिकामा डेस्कमा बसेर काम गर्ने उत्सुकता जाग्यो र आफै पत्रिकाको अफिसमा गएर काम गर्ने प्रतिबद्धता जनाए । सम्पादक लक्ष्मण बजगाईले पत्रिकाको बजारीकरणका लागि मात्र काम भएको बताएपछि मैले पत्रिकको सञ्चालक नै भेटेर काम गर्ने मनस्थिति बनाए । दुई चार दिनको फ्लोअप पछि पत्रिकाका प्रकाशकसँग भेट्ने अवसर पाए । पत्रिकाको प्रकाशक भोला दाहालले नेपालमा आइटीको पहिलो नेपाली पत्रिका भएकोले यसको बजार व्यवस्थापनको कामलाई सम्पादकले भने अनुसार गर्न अर्हाए । मैले पनि पनि आफ्नो कार्यदक्षता देखाउन एक हप्ताभित्र गर्ने बजारको काम दुई दिनभित्रै गरिदिए । सम्पादक मेरो काम देखेर दंग भए र भने प्रकाशलाई भने भरतजीको काम राम्रो छ उहाँलाई बजार भिजिटका लागि भन्दा पनि व्यवस्थापनको जिम्मेवारी दिन उपयुक्त रहेको सिफारिस गरे ।
आफ्नो कामको मूल्यांकन राम्रो पाएपछि पत्रिकाको सबै क्षेत्रको कामको जिम्मेवारी लिन मलाई हौसला बढ्यो र मैले भने समाचार संकलन, बिचार अन्तरवार्ता, न्युज सम्पादन र व्यवस्थापन सबै काम म गर्न सक्छु भन्ने आँट मैले गरे र पारिश्रमिक मात्र ५ हजार माग गरे प्रकाशकले यो पत्रिकालाई हामी सबैले मिलेर नेपालको नम्वर वान नेपाली आइटी पत्रिका बनाउनुपर्दछ यसका लागि मैले प्रकाशनको आँट गरे, त्यसमा तपाईले पनि साथ दिनुहोस अहिले तपाईले भने जति पैसा दिदा प्रकाशनमा गार्हो हुन्छ बजारको रिटर्न तत्काल छैन यसलाई ब्राण्डिङ गर्न केही समय तपाईले भोलुन्टर गर्नुहोस ६ महिनापछि तपाईको माग पूरा हुन्छ अहिले यातायात खर्च स्वरुप २ हजार पाउनुहुन्छ भने मैले हुन्छ भने । मलाई आँट थियो बजारबाट केही महिनामै पत्रिकालाई प्रतिफल दिलाउँछु अर्थात ५ हजार बराबरको कमाई बजारबाटै आफ्नै मिहिनेतमा कमाउँछु । अफिस व्यवस्थापनको कामलाई मिलाउदै बजारमा पत्रिकाको ब्राण्ड चिनाउन र सूचना प्रविधिका नयाँ नयाँ समाचार खोज्न र आइटीका व्यक्तिहरुको भ्वाइस कलेक्सनमा जुट्न थाले ।
धेरै महिना दैनिक ६ घण्टाभन्दा बढी पैदले हिडेर बजारमा कुद्न थाले । आइटी पत्रकारीतामा दक्षता हासिलका लागि दैनिक जीवनका धेरै कुराहरुलाई थाती राखेर साइवर सञ्चार पत्रिकामा भविष्य खोज्न तल्लिन भए । चुनौतीलाई अवसरको रुपमा लिदै आफ्नो पारिश्रमिक बजारबाटै लिनेसम्मको अवस्थामा पत्रिकालाई पुर्याए ।
पत्रिका सञ्चालनमा धेरै उतार चढावहरु आए, पत्रिका प्रकाशनको सुरुका सम्पादकले पारश्रमिक चित्त नबुझी छोडे । संस्थाका साथीले पनि छोडे त्यसपछिका सबै जिम्मेवारी सम्हाल्ने चुनौती म सामु आए पनि त्यसलाई मैले अवसरको रुपमा लिई सबै काम गर्न थाले । जसले मलाई पत्रिका सञ्चालनमा परिपक्कता बनायो । सरकारको आइटी क्षेत्रको नीति, नीजि क्षेत्रको आइटी मिडियाप्रतिको बुझाई र बजारको प्रतिफलका कारण पत्रिका दुई दुई पटक बन्दको अवस्थासम्ममा पुग्दा दुबै मोडबाट सेफ ल्याण्डिङको मोडमा पुर्याउने काममा भूमिका खेले । अन्तमा साइवर सञ्चार पत्रिका साप्ताहिकबाट मासिक पत्रिकामा कान्तिपथको स्पेस टेकका सञ्चालक ई महेश पाण्डेको सम्पादक तथा सञ्चालकको अगुवाईमा प्रकाशन अगाडी बढ्यो । नयाँ टीमको बीचमा काम गर्दा पारश्रमिक उही पुरानो जिम्मेवारी बढी, आफ्ना पुराना अनुभव र दक्षताप्रति स्वतन्त्र भएर काम गर्ने वातावरण साँघुरिदै गर्दा साइवर सञ्चार प्रकाशनबाट अलग्गिएर आइसिटी न्युज साप्ताहिक एकल लगानी र टीममा प्रकाशन शुरु गरे । डेढ वर्ष निरन्तर प्रकाशनपछि बजारबाट उचित प्रतिफल आइसिटी न्युजले पाउन सकेन । पत्रिका प्रकाशन गरेर मुख्य मुख्य आइटी स्टेकहोल्डरका पुर्याउने काम मात्र भयो आइसिटी न्युजको ब्राण्डिङ काठमाडौंको क्यान इन्फोटेकदेखि धरान क्यान इन्फोटेकसम्म क्यान स्पेस अंक निकाल्ने सफलता मिल्यो तर बिडम्बना डेढ वर्षको आइसिटी न्युज प्रकाशनमा क्यानबाट मुश्किलले पन्ध्र सय सहयोग पाइयो । हुनत साइवर सञ्चार पत्रिकाको प्रकाशनमा पनि क्यान जस्ता आइटी संघ संस्थाबाट प्रकाशनमा कुनै आर्थिक सपोर्ट थिएन म साइवर सञ्चारमा रहदासम्म । यतिसम्मकी आइटीका व्यवसायी स्टेकहोल्डरहरुले आइटी पत्रिकाको प्रकाशनको प्रशंसा मात्र गर्दै प्रकाशन सहयोगमा आर्थिक सपोर्टको अनुरोध गर्दा बजेट नभएको निराशजनक प्रतिक्रिया दिन्थे ।
काम गदै जादा कमी कमजोरीहरु आउँछन् तर त्यसबाट अत्तालिनुभएन । कसैले पनि मेरो कुनै कमजोरी छैन भन्दा आएका अवसरहरु गुम्छन् भन्ने मेरो बुझाई छ । आइसिटी क्षेत्रमा काम गर्दाको मेरो मुख्य कमजोरी मैले मेरो विज्ञतालाई ठान्छु । आइसिटी क्षेत्रमा म केही सिक्दैछु र सिकेका कुरालाई आइसिटी पत्रकारीतामार्फत उजागार गर्न सोसल तथा अनलाइन मिडियाको माध्यम रोजेको छु । व्यवसायिक पत्रकारीताका लागि मैले आइसिटी क्षेत्रमा स्ट्रङ्ग एप्रोज गर्न नसक्नु नै मेरो मुख्य कमजोरी मान्छु । अन्य कुरामा कुनै पनि काम गर्ने भनेपछि आजको भोलि नै गनुपर्दछ भन्ने मेरो सोच र मान्यता छ, तर संस्थागत तथा व्यक्तिगत रुपमा साथीहरुले यस्ता विषयलाई गहन लिन चाहदैनन् त्यो मानेमा म अलि कडा स्वभावको छु । काममा आलटाल गर्ने प्रबृत्तिलाई मैले मान्यता नदिदा मेरो डिप्लोम्यासीलाई साथीहरुले कमजोरीको रुपमा बताउने गरेका छन् ।
आइसिटी पत्रिका प्रकाशनमा भोगेका दुःख कठिनाईको स्मरण चाबहिलको म्याक्रोटेक कम्प्युटरमा बेन्चमा रातभर बिताएको र बार्ह एक बजे कोठामा फर्किदाको क्षण अझै ताजा रहेको बताउँछन् भरतराज उप्रेती । आइसिटी न्युज साप्ताहिक प्रकाशनमा म्याक्रोटेक सोलसनका प्रमुख तिलक बिक्रम भण्डारीको योगदान र डिजाइनर लक्ष्मण चौधरीको मिलनसार व्यवहार एवं ठट्यौलीपनको रोचक प्रसंग पनि आइसिटी पत्रकारीताको खुट्किलो मान्छन् उप्रेती ।

सरकारको आइसिटी नीतिलाई कार्यान्वयन ल्याउन परामर्श र सहयोग गर्ने, आइसिटी क्षेत्रको सूचना जानकारीलाई आम नागरिकमा पुर्याउने, समग्र आइसिटी व्यवसायको प्रवद्र्धन गर्ने र प्रिन्ट अनलाइन, बिद्युतीय सञ्चार माध्यममा आइसिटी विटमा काम गर्ने पत्रकारहरुलाई गोलबन्द गर्दै उनीहरुको हकहितका लागि काम गर्ने उद्देश्यका साथ २०६७ असोजमा आइसिटी पत्रकार विकास मञ्च नामक संस्था स्थापनामा समेत भरतराज उप्रेतीको अह्म भूमिका रह्यो ।
साइवर सञ्चार पत्रिकाका काम गर्दादेखि नै आइटीको क्षेत्रलाई क्षेत्राधिकारी आइसिटीमा बदल्ने सोच र भिजनका साथ आइसिटी न्युज साप्ताहिक प्रकाशनमा ल्याएका भरतराज उप्रेतीले सरकारी र निजी आइटी क्षेत्रबाट प्रकाशनमा सपोर्ट नपाएकै कारण सन् २००९ मा आइसिटी साप्ताहिकलाई आइसिटी न्युज अनलाइनमा डाइभर्ट गरे । आइसिटी न्युज अनलाइन सञ्चालनका लागि डोमेन होस्टिङ र डिजाइनिङमा २५ हजार रुपैया खर्च गरेका उप्रेतीको लगानी त्यतिबेला खरानी भयो सन् २०१० को मध्यतिर साइट ह्याक भयो र सबै डाटा रिकभर गर्न सकेन । त्यसपश्चात अर्को वर्ष डोमेन रिन्युका लागि डोमेन दर्ता गर्ने मान्छेको डोमेन लगिन कोड नदिदा २०११ को अन्त्यतिर भरतराज उप्रेतीले आइसिटी अनलाइनखबर आइटी न्युज पोर्टल सञ्चालनमा ल्याए ।
अनलाइनमा काम गर्दा प्रिन्टमा भन्दा थोरै लगानी पर्ने भएको र कामका लागि आफै दक्ष हुदा कम्प्युटर इन्टरनेटको सहयोग भए मात्र पुग्ने उप्रेतीले सन् २०११ देखि अनलाइन पत्रकारीतामार्फत आफ्नो दैनिकी पार्टटाइम बेसमा अगाडी बढाउदै आएका छन् ।
साइवर सञ्चार पत्रिका, आइसिटी न्युज साप्ताहिक, आइसिटी पत्रकार विकास मञ्च संस्था, आइसिटी अनलाइनखबर वेभ पत्रिका सँगै सोसल मिडियाको कन्सेप्टमा आइसिटी पत्रकारीतालाई अनलाइनमा व्यवस्थित र व्यवसायीकरण गर्न लागिपरेका छन् भरतराज उप्रेती ।
युवा पुस्तालाई आइसिटीमा डिजिटल इम्पावर गराउदै सोसल न्युज मिडिया र कल्चर टुरिजम्मको सोसल अवधारणालाई नेपाली आइसिटी पत्रकारीताको माध्यमबाट चिनाउने लक्ष्यकासाथ अनलाइन आइसिटी पत्रकारीतातर्फ आफ्नो दक्षता र विज्ञतालाई अगाडी बढाउने सोच उप्रेतीको छ ।

नागरिकपोष्ट, मातृभूमि, प्रोफाइल लाइफ, एनआरएन प्रोफाइल, आइसिटी खबर, लिभिङ नेपाललाई सोसल मिडियाको कन्सेप्टमा अगाडी बढाउने सोचका साथ अनलाइन दैनिकीको रफ्तारमा उप्रेती लागि पर्ने बताउँछन् ।
सूचना प्रविधि आइसिटीको मुख्य क्षेत्र हो भने सोसल मिडिया आइसिटी क्षेत्रको विकासको माध्यम बनेको छ । सोसल मिडियाको भित्री पाटो वेभ टेक्नोलोजी हो । इन्टरनेटको विकासक्रम र प्रयोगले विश्वलाई माउसको क्लीकमा घुमाइरहेको छ । शैक्षिक, सामाजिक, पर्यटन व्यवसाय र व्यक्तिगत जीवनमा समेत सूचना प्रविधिको भूमिका महत्वपूर्ण रहेको हुदा पछिल्लो समय अनलाइन र सोसल मिडियाको बिकासक्रमले आइसिटी क्षेत्रमा प्रसस्त अवसरहरु बढाइदिएको छ । अहिले कुनै पनि क्षेत्रको व्यवसाय प्रवद्र्धनको लागि वेभ तथा सोसल मिडिया बिना असम्भवसिद्ध जस्तै भइसकेको छ । इकमर्शको प्रविधिले कुनै वस्तु तथा उत्पादनको सेवाको बजारका लागि जति सहज भएको छ, त्यति यसको मुख्य पाटोको पहिचान गर्न नसक्दा सोचे जति इकमर्शको बजार बिस्तार हुन सकेको छैन भने लगानीको प्रतिफल पनि कम हुन्छ । अतः आइसिटीमा लगानी र काम गर्न चाहनेहरुले अनलाइन सोसल मिडिया सहकार्य गर्नुको विकल्पै छैन भने आइसिटी पत्रकारहरुले व्यवसायिक पत्रकारीताको लागि अनलाइन पत्रकारीतालाई दैनिकी बनाउन सिक्न जरुरी भइसकेको छ ।
आज लगानी गरेर भोलि नै प्रतिफल चाहने सोचका कारण आइसिटी क्षेत्र र आइसिटी मिडियामा एकल भ्वाइस स्थापित हुन सकिरहेको छैन त्यसका लागि हामी एकजुट भएर आइसिटी पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने खाँचो खट्किएको छ ।