Hackers targeting Nepalese Banks with new tools

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी

काठमाडौँ – कम्प्युटरका फाइललाई ‘लक’ (इन्क्रिप्ट) गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमा समेत आक्रमण गरेका छन् ।  एक प्रकारको कम्प्युटर भाइरस (र्यान्सम वेयर) मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका विभिन्न मुलुकमा यस्तो आक्रमण गरिरहेको छ । युरोपबाट सुरु भएको भाइरस आक्रमणले छिमेकी मुलुक भारत र चीनमा समेत ठूलो क्षति पुर्याइसकेको छ ।

‘हामीले नेपालका इन्टरनेट सेवाप्रदायक र बैंकमा आक्रमण भएको पाएका छौं,’ साइबर सुरक्षा प्रदान गर्ने नेपाली कम्पनी रिगो टेक्नोलोजीका प्रमुख प्राविधिक अधिकृत विजय लिम्बुले भने, ‘उनीहरूले प्रयोग गरेका धेरै कम्प्युटरमा आक्रमण भएको हुनसक्छ ।’ नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ ।

नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’ को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ ।  लिम्बुले आफूहरूले ‘आइपी एड्रेस’ का आधारमा नेपालका केही संस्थामा आक्रमण भएको पत्ता लगाई इमेल लेखेर सचेत गराइदिएको जानकारी दिए । ‘हामीले केही ठूला इन्टरनेट सेवाप्रदायक, बैंक र मिडियालाई समेत इमेलमार्फत यस्तो देखिएको छ भनेर सचेत गराएका छौं,’ उनले भने ।

बैंकहरूमा ‘सर्भर’ तथा साइबर सुरक्षा सेवा प्रदान गर्ने एक कम्पनी सञ्चालकका अनुसार नेपालका तीनवटा कमर्सियल बैंकको ‘क्लाइन्ट सेक्सन’ मा ‘र्यान्सम वेयर’ आक्रमण भएको छ । नेपालमा धेरैले ‘विन्डोज’ मा आधारित प्रणाली चलाउने गरेकाले आक्रमणको खतरा रहेको जानकार बताउँछन् । आक्रमण भइसकेका कम्पनीको ‘कोर सिस्टम’ मा असर नगरेकाले ठूलो समस्या भने आइनसकेको उनीहरूले जानकारी दिए ।

नेपालको सरकारी सेवा भने पूर्णरुपमा डिजिटल भइनसकेकाले युरोप वा भारतमा जस्तो समस्या नआए पनि व्यक्तिगत कम्प्युटरमा आक्रमण हुने सम्भावना बढी छ । सरकारी प्रणालीमा अहिलेसम्म आक्रमणको जानकारी प्राप्त नभएको भए पनि सबैलाई सतर्क भने गराइसकिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले बताए ।

‘हामीलाई अहिलेसम्म सरकारी प्रणालीमा आक्रमण भएको जानकारी आएको छैन,’ उनले भने, ‘आक्रमणको सम्भावनालाई ध्यानमा राखेर हामीले सबैलाई पेयरिङ र रिमोटिङ नगर्न भनिसकेका छौं ।’ उनले अनौपचारिकरुपमा केन्द्रले सबै मन्त्रालय र अन्तर्गतका निकायलाई कार्यालयमा प्रयोग हुने कम्प्युटरको ‘रिमोटिङ’ हटाउन आग्रह गरिसकेको जानकारी दिए ।

इन्टरनेट सेवाप्रदायक कम्पनीको ‘कोर सिस्टम’ मा आक्रमण हुने सम्भावना कम रहेको सुबिसु केबलनेटका सञ्चालक सुधीर पराजुलीले बताए । ‘कोर सिस्टममा प्राय सबैको नै लिनक्स प्रयोग भएकाले आक्रमण हुने सम्भावना कम छ,’ उनले भने, ‘प्रशासनिक र ग्राहक सेवामा हुने आक्रमणले ठूलो क्षति गर्दैन ।’

‘र्यान्सम वेयर’ आक्रमण भएपछि कम्प्युटरमा भएका सबै फाइल ‘लक’ हुन्छन् ।  फाइल खोल्नका लागि फिरौती माग्ने समूहलाई रकम बुझाएपछि मात्र उनीहरूले ‘लक’ खोलिदिन्छन् । नेपालीले विभिन्न कार्डमार्फत सजिलै रकम बुझाउन नसक्ने भएकाले पनि आक्रमणकारी समूहले नेपालमा आक्रमण गर्ने सम्भावना भने अन्यत्रको भन्दा कम रहेको जानकार बताउँछन् । ‘विन्डोज–१०’ भन्दा अगाडिका अपडेट नभएका अपरेटिङ सिस्टममा ‘वानक्राई’ आक्रमण सम्भावना बढी रहेको छ ।

शुक्रबारदेखि फाइल ‘लक’ गरेर फिरौती माग्ने समूहले ‘वानक्राई’ नामक ‘¥यान्सम वेयर’ मार्फत विश्वभर नै आक्रमण गरिरहेको छ । यसबाट सबैभन्दा धेरै युरोपेली मुलुक प्रभावित भएका छन् । रुस, भारत, युक्रेनलगायत मुलुकमा डिजिटलरुपमा सञ्चालित विभिन्न सरकारी सेवामा समेत यसले असर पारेको छ।

 ‘र्यान्सम वेयर’ बाट बच्नका लागि ‘विन्डोज टेन’ भन्दा अगाडिका अपरेटिङ प्रणालीमा ‘एमएस–१७–०१०’ अपडेट गर्न प्राविधिकले सुझाएका छन् । यसैगरी इमेल र सामाजिक सञ्जालबाट आएका शंकास्पद कुरालाई नखोलेर आक्रमणबाट बच्न सकिन्छ । ‘रिमोट सेयरिङ र पेयरिङ’ लाई बन्द गर्ने, आफ्ना फाइल ‘एक्टर्नल ड्राइभ’ मा राख्नेलगायत उपाय अपनाएर आक्रमणबाट हुने क्षति कम गर्न सकिन्छ ।

आतंकवादविरुद्ध लड्न अमेरिकी सुरक्षा एजेन्सीले बनाएको सफ्टवेयरलाई ह्याकरहरूले चोरेर त्यसमार्फत ‘र्यान्सम वेयर’ हमला गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमला उत्तर कोरियाले गराएको आरोपसमेत लागेको छ । सुरक्षासम्बन्धी दुई ठूला कम्पनी ‘क्यास्पस्र्की’ र ‘सिमान्टेक’ ले हमलामा उत्तर कोरियाको हात हुनसक्ने सार्वजनिक गरिसकेका छन् । उनीहरूले ‘प्रोगाम कोड’ का आधारमा उत्तर कोरियाको हात रहेको बताएका हुन् ।

Source

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here