विश्व बजारमा सर्वाधिक लोकप्रिय मोडल ओप्पो आर ९ एस

२८ बैशाख,काठमाडौं । सन् २०१७ को पहिलो त्रैमासमा सर्वाधिक बिक्री हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ ।

तर, सोच विपरित यसपटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च र्फम स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदनअनुसार यस पटक सर्वाधिक बिक्री हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ ।

रिसर्च र्फम स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन विक्रिका साथ एप्पलको आइफोन ७ सर्वाधिक विक्रि हुन सफल स्मार्टफोन रहेको थियो । १ करोड ७४ लाख प्रति विक्रिका साथ दोस्रो स्थानमा आइफोनकै सेवेन प्लस रहेको थियो ।प्रतिवेदन अनुसार ८९ लाख प्रति फोन विक्रिका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासमा सर्वाधिक लोकपि्रय फोनका रुपमा स्थापित हुन सफल भएको छ ।

उक्त त्रैमासमा ओप्पोको आर९एस तेस्रो स्थानमा रहेको थियो भने चौथो स्थानमा सामसुङका मिड रेञ्ज फोनहरु ग्यालेक्सी जेथ्री ६१ लाख प्रतिका साथ चौंथौ र ग्यालेकसी जे फाइभ ५० लाख प्रतिका साथ पाँचौँ स्थानमा रहेको थियो ।

स्ट्राटिजी एनालिटिक्सका अनुसार ओप्पो चिनिया बजारमा निकै लोकप्रिय रहेको छ । साथै, भारतिय बजारमा ओप्पोको बढ्दो विक्रिले मिड रेञ्ज ओप्पो आर९एसको विक्रिमा उल्लेख्य बृद्धि ल्याउन प्रत्यक्ष रुपमा सघाएको छ ।

यसैगरी सन् २०१६ मा ग्यालेकसी जे ३ र जे ५को उच्च बिक्री हुँदा ग्यालेक्सी नोट सेभेन ‘रिकल’का कारण भएको क्षति न्यूनिकरणमा समेत सहयोग पुगेको सम्भावना बारेपनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समग्रमा प्रतिवेदनले सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमा ३५ करोड ३३ लाख फोन ढुवानी गरिएको दावी गरेको छ ।
पछिल्लो बर्षको सोही समयमा भएको ३३ करोड ३१ लाख फोन ढुवानीको तुलनामा यो ६ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

२०७४ वैशाख २९ गते १६:१३ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here