एनसेलले पनि सर्वसाधारणका लागि सेयर जारी गर्ने

निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कम्पनी ऐन (पहिलो संशोधन २०७४) लाई प्रमाणीकरण गरेसँगै निजी क्षेत्रका दूरसञ्चार कम्पनीले पनि आईपीओ जारी गर्नैपर्ने भएपछि एनसेलले सेयर जारी गर्ने भएको हो ।

संशोधित विधेयकमा पाँच करोडभन्दा बढी चुक्तापुँजी भएका दूरसञ्चार कम्पनीले दुई वर्षभित्रमा नै सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको  छ । सोही व्यवस्था अनुरुप एनसेलले सर्वसाधारणका लागि अनिवार्य सेयर जारी गर्नुपर्ने भएको हो । निजी क्षेत्रकै अर्को दूरसञ्चार सेवा प्रदायक यूटिएलले पनि अब सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्नेछ ।

एनसेल प्रा.लिको मुख्य कम्पनी टेलियासोनेराबाट आएको टोलीले प्रारम्भिक अध्ययन गरेर सेयर निष्काशन गर्ने सम्बन्धमा  नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग परामर्श समेत गरिसकेको छ । एनसेलमा टेलियासोनेराको प्रत्यक्ष स्वामित्व ६०.४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here