Big Day in Kicks Off, National ICT Day 2017

क्यान महासंघको प्रेस विज्ञप्ती
क्यान महासंघको रजत जयन्ती  तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०१७ मे २, २०१७

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य अनुरुप क्यान महासंघको रजत जयन्ती र राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०१७ को अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम क्यान महासंघको २५ भन्दा जिल्ला शाखाहरुमा ५० भन्दा बढी कार्यक्रमहरु एकै दिन सम्पन्न गरिएको छ ।

सूचना प्रविधि विभाग, नेपाल सरकार, क्यान महासंघ लगायतका विभिन्न संघसस्थाहरुको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपबाट सुरु भएर शहिदगेट, एनएसी, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन गरिएको छ । कार्यक्रममा सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, शिक्षण संस्था र सूचना प्रविधिसँग सम्वन्धी व्यक्तिहरुको सहभागिता थियो ।

त्यस्तै क्यान महासंघ र सूचना प्रविधि विभागको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको माननीय विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहज्यूले उद्धघाटन गर्नु भएको थियो । कार्यक्रममा मनतब्य व्यक्त गर्नु हुँदै माननीय विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहज्यूले अहिलेको युग प्रविधिको युग भएकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने र दुरुपयोग हुनबाट जोगिन सवै सजक हुनुपर्ने वताउनु भयो । सबै नागरिकमा प्रविधिको पहुँच पुग्न नसकेको भन्दै माननीय मन्त्री प्रेम बहादुर सिंहज्यूले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरु बीचको दुरी घटाउनुपर्ने धारणा राख्नु भयो साथै अब स्मार्ट सिटीको धारणालाई साकार बनाउनु पर्छ भन्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव श्री महेन्द्रमान गुरुङ्गले सूचना तथा सञ्चार क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सम्वोधन गर्नुहुँदै क्यान महासंघका महासचिव विश्वराम बलामीले प्रविधिको विकासका लागि सवैसँग सहकार्य गरेर अघि बढ्नुपर्ने कुरा वताउनु भयो ।

क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले मे २ लाई सरकारले राष्ट्रियताको मान्यता दिनुपर्ने वताउनुभयो । सवैभन्दा प्राथमिकतामा राख्नु पर्ने प्रविधि क्षेत्र न्यून प्राथमिकतामा परेको भन्दै अध्यक्ष ढकालले सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने हो भने मुलुकको समृद्धिमा सवैभन्दा बढी योगदान पुग्ने वताउनुभयो ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्रज्यू, नेपाल चेम्वर अफ कमर्सका प्रथम उपाध्यक्ष, ज्ञानेन्द्र रत्न तुलाधरज्यू लगायत क्यान महासंघका पूर्व अध्यक्षज्यूहरु हुनुहुन्थ्यो ।

साथै क्यान महासंघको रजत जयन्तीको अवसर पारेर क्यान महासंघका पूर्व अध्यक्षज्यूहरुलाई महासंघको स्थापना र सूचना तथा सञ्चार प्रविधि विकासमा गर्नु भएको योगदान प्रति हार्दिक आभार प्रकट गर्दै महासंघको बृहतर विकासमा अझै अग्रसर भइरहने प्रेरणा मिलिरहोस भन्ने अपेक्षाका साथ सम्मान गरिएको छ । क्यान महासंघको २५ औ वर्षको रजत जयन्ती मनाउदै गर्दा क्यान महासंघलाई आजको दिन सम्म योगदान पुराउन हुने पूर्व पदाधिकरीहरु, कार्यसमिति सदस्यहरु तथा सदस्यहरु र अग्रज ब्यक्तित्वहरु प्रति हार्दिक कृतज्ञता तथा सम्मान ब्यक्त गरियो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितरण राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुलाई राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ । कार्यक्रममा बेस्ट आईसीटी युजर ईन पब्लिक सेक्टर अवार्ड २०१७ सर्वोच्च अदालत नेपाललाई प्रदान गरिएको छ । त्यस्तै बेस्ट आईसीटी युजर ईन प्राईभेट सेक्टर अवार्ड २०१७ इन्फो डेभलपर्स प्रा लि लाई प्रदान गरिएको छ भने नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०१७ मनोहर कुमार भट्टराईलाई प्रदान गरिएको छ । भट्टराईलाई अवार्ड र ५१ हजार राशि समेत प्रदान गरिएको छ ।

नेपालमा सूचना तथा प्रविधिको विकास र विस्तारमा उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै आगामी दिनहरुमा थप प्रोत्साहनका लागि यो अवार्ड वितरण गरेका हो । क्यान महासंघ जिल्ला शाखाहरुको कार्यक्रम आइसिटी सप्ताह मनाउने क्रममा क्यान महासंघ अन्तर्गत रहेका विभिन्न जिल्ला शाखाहरुले सप्ताहब्यापीरुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन । यस अन्तर्गत पाल्पामा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै काभ्रेमा Seminar on Smart City’ विषयक कार्यक्रम आयोजना गरिएको छ भने लमजुङमा प्रभातफेरी आयोजना गरिएको छ ।  त्यस्तै गोरखामा ‘Inter School Quiz Competition’  आयोजना  गरिएको छ भने चितवनमा ‘Inter College IT Quiz Competition’ कार्यक्रम गरिएको छ । इलाममा ‘सूचना प्रविधिको औचित्य र संभावित जोखिम न्यूनीकरण’ विषय कार्यक्रम गरिएको छ । झापामा आइसीटी क्विज कन्टेस्ट कार्यक्रम आयोजना गरिएको छ । त्यसै गरेर सुर्खेतमा प्रभातफेरी, रक्तदान कार्यक्रम, गुणस्तरिय शिक्षामा क्यान महासंघको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । कास्कीमा अन्तर इन्स्च्यिुट क्विज प्रतियोगिता, टाईपिङ प्रतियोगिता, प्रभातफेरी तथा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा मेलम्ची नगर ःसूचना सहर उद्घाटन,देश–विकासका लागि प्रविधि’ विषयक स्पिच प्रतियोगिता, सूचना, सञ्चार तथा प्रविधिसँग सम्बन्धित हाजिरी–जवाफ प्रतियोगिता,स्पिड नेपाली टाइपिङ प्रतियोगिता (जिल्लास्तरीय),कम्प्युटर एप्सबाट चित्रकला प्रतियोगिता (जिल्लास्तरीय) लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ । कैलालीमा Cyber Crime and IT Policy in Nepal विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै बाँकेमा प्रभातफेरी कार्यक्रम, टाइपिङ प्रतियोगिता, सुचना तथा सञ्चार प्रविद्यिका ब्यवसायिक विच मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिएको छ । सिन्धुलीमा ICT in School विषयक बादविवाद प्रतियोगिता तथा ICT Day वृहत ¥याली कार्यक्रम गरिएको छ ।

त्यसै गरेर सल्यानमा ¥याली सहित अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ भने पाँचथरमा प्रभातफेरी तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ र तनहुँमा प्रभातफेरी, website launching, cyber अपराध तथा अन्य कार्यत्रमहरु आयोजना गरिएको छ ।

रुपन्देहीमा Interaction Program Focusing the ICT related Personalities विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरीमा Motor cycle rally आयोजना गरिएको छ भने चितवनमा “सूचना प्रविधिमा युवाहरुको भुमिका” विषयमा विद्यालय स्तरिय एकदिने वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ ।धनुषामा ICT in School  विषयक बादविवाद प्रतियोगिता र वृहत ¥याली कार्यक्रम, बर्दियामा सामाजीक संजाल र यसले स्कुले विद्यार्थीमा पारेका नकारात्मक असर र सोको सही सदुपयोग विषयक अन्र्तकृया कार्यक्रम, सर्लाहीमा Cyber Crime and Wireless Technology मा प्रस्तुति, आइसीटी क्विज कन्टेस्ट, टाईपिङ प्रतियोगिता, आइसीटी सेमिनार र प्रभातफेरी कार्यक्रम र दोलखामा अन्तरक्रिया कार्यक्रम, ¥याली कार्यक्रमहरु आयोजना गरिएको छ । अन्त्यमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन सहकार्य गर्नु हुने विभिन्न व्यक्ति, निजी तथा सरकारी संघ संस्था, पुरस्कार छनौट समिटी तथा संचार माध्यमहरुप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here