साईबर अपराध सम्बन्धि तालिममा ५०० युवा युवतीहरुको सहभागिता

तनहुँको दमौलीमा साईबर अपराध सम्बन्धि तालिम, करिब ५०० युवा युवतीहरुको उत्साहजनक सहभागिता, कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको प्रतिकृया ।

तनहुँ, दमौली, मे ०२, २०१७ – तनहुँको दमौलीमा राष्ट्रिय आईसिटी डेको कार्यक्रममा साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट प्रतिनिधी गिरिजा सुबेदीद्वारा साईबर अपराधबाट अहिलेको युवा पुस्ता देखि ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाल, कम्य्पुटर प्रयोगकर्ताहरुलाई कसरि बचाउन सकिन्छ भन्ने बिषयमा २ घण्टे लामो प्रयोगात्मक प्रशिक्षण सम्पन्न भयो। जिल्ला स्तरिय Information and Communication Technology (ICT) को उक्त भेलामा करिब ५०० युवा युवतीहरुको सहभागिता रहेको थियो ।

साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ । अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । त्यस्तै गरि प्राध्यापक डा. सुबेदी बहुचर्चित अनलाईन मिडिया डिसीनेपाल डटकमका जन्मदाता पनि हुनुहुन्छ ।
अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

Publicado por Ramhari Subedi em Terça, 2 de maio de 2017

Leave a Reply

Your email address will not be published. Required fields are marked *