शाओमीको सातौं बाषिर्कउत्सवमा ‘मी फ्यान फेस्टिवल’ आयोजना

काठमाण्डौ :  चिनियाँ एप्पलका नामले परिचित शाओमी स्मार्टफोनले आफ्नो सातौं बाषिर्क उत्सवका अबसरमा यो बर्ष बिश्वभर ‘मी फ्यान फेस्टिवल’ आयोजना गरिरहेको छ । यो फेस्टिवलअप्रिल ३ बाट सुरु भएको हो भने उक्त फेस्टिवल चीन बाहेकका १८ वटा देशमा मनाउन थालिएको छ ।

आफ्नो प्रत्यक्ष फिडब्याक दिएर सहयोग गर्नुका साथै ‘मी’ ब्राण्डलाई आजको स्थानसम्म ल्याउने लाखौं फ्यानलाई धन्यबाद दिन बर्षभरी नै यो फेस्टिवल आयोजना गरिएको जनाइएको छ ।

सो अवसरमा करिव १५ लाख डलर बराबरका गिफ्ट मी ब्राण्डका लोयल फ्यानहरुले प्राप्त गर्नेछन् । भने शाओमीका ग्राहकहरुले स्मार्टफोन, हेडफोन तथा पावर ब्याङ्कहरु उपहार प्राप्त गर्नेछन् । यसका लागि ग्राहकहरुले शाओमीको अनलाइनमा गई ट्याप मी गेममा सहभागी हुनुपर्ने छ ।

साथै मी फ्यान फेस्टिवल नेपालमा भने अपि्रल ५ देखि ७ तारिखसम्म सञ्चालन हुने नेपालका लागि शाओमीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले जनाएको छ । यो फेस्टिवलमा अनलाइन र अफलाइनमा सहभागी हुनुका साथै लविम मलमा रहेका सोरुममा र शाओमीका न्यूरोड पनि सहभागी हुन सकिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here