सामसुङको ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक,

काठमाडौं, चैत । दक्षिण कोरियाली कम्पनी सामसुङले बहुप्रतिक्षित आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गरेको छ । यसमा होम बटनलाई हटाइएको छ र एउटा नयाँ भर्चुअल असिस्टेन्ट थपिएको छ । यी दुवै फोनको स्किन साइज अघिल्लो वर्ष लन्च गरिएको सामसुङको एस ७ र एस ७ एज जति नै ठूलो छ ।

नोट ७ मा विष्फोटको घटनापछि सामसुङले त्यसलाई बजारबाट फिर्ता गरेको थियो । यसका अलावा, सामसुङमाथि भ्रष्टाचारको आरोपपछि कम्पनीको यो सबैभन्दा ठूलो लन्च हो । कम्पनीले ग्यालेक्सी एस ८ तथा एस ८ प्लसलाई बेस्ट फिचर्स अफ इट्स ग्यालेक्सी लाइनअपका साथै अ ग्राउण्डब्रेकिंग डिजाइन स्लोगनका साथमा बजारमा ल्याएको हो ।

सामसुङको नयाँ फोन ग्यालेक्सी एस ८ र एस ८ प्लस २१ अपि्रलबाट बजारमा बिक्रीका लागि उपलब्ध हुनेछन् । ग्यालेक्सी एस ८ को मूल्य ६ सय ९० पाउन्ड र एस ८ प्लसको मूल्य ७८० पाउन्ड राखिएको छ ।

क्यामरा

  • अघिल्लो वर्ष लन्च गरिएको फोनको तुलनामा यी फोनहरुमा गरिएका सुधारहरुमा क्यामरा पनि एक हो ।
  • सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ l
    पछाडिको १२ मेगापिक्सेलको रियर क्यामरा छ र कम्पनीको दावी अनुसार यसले खिचेको फोटोको सार्पनेस र कन्ट्रास्ट अझै राम्रो हुनेछ ।
  • यी दुवै फोनको सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) १२ प्रतिशत र ग्राफिपिक प्रोसेसिङ यूनिट (जीपीयू) २१ प्रतिशत बढि शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।
  • सामसुङ कनेक्ट एपमार्फत स्मार्ट घरेलु उपकरणलाई चलाउन सकिन्छ ।

स्क्रिन

  •  ग्यालेक्सी एस ८ को स्क्रिन साइज ५.८ इन्च अर्थात १४.७ सेन्टिमिटर र एस ८ प्लसको स्क्रिन साइज ६.२ इन्च अर्थात १५.७ सेन्टिमिटर रहेको छ ।
  •  सामसुङको लोगोलाई फोनको फ्रन्टबाट हटाइएको छ । यसैगरी होम बटनलाई हटाएर एउटा आइकनलाई स्क्रिनमा लगाइएको छ ।
  •  सामसुङको भनाईअनुसार यी फोनका डिस्प्लेको १८ः५ः९ को अनुपातका कारण दुई एप ‘साइड बाइ साइड’ चलाउन सकिन्छ । जस्तै एउटा भिडियो हेर्न सकिन्छ र च्याटिङको कुनै एपलाई पनि सँगसँगै चलाउन सकिन्छ ।

मूल्य

  • यी दुबै स्मार्टफोनहरु अमेरिकी बजारमा अप्रिल २१ तारिदेखि उपलब्ध हुनेछ भने यूरोपमा २८ अप्रिलमा आउने छ । सामसुङ ग्यालेक्सी एस ८ को मूल्य ७५० अमेरिकी डलर तथा एस ८ प्लसको मूल्य ८५० डलर तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *