साओमीले ७६ हजार ९ सय ९९ रूपैयाँको एमआई नोट-२ भित्र्यायो

काठमाडौं । साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै असाधारण प्रविधियूक्त मि-मिक्सपछिको प्रिमियम फोनको रुपमा एमआई नोट-२ भित्र्याएको छ । अग्र भागको दुई साइडमा कर्भ विषेशता रहेको यस फोनमा ५.७ इन्च एलइडी डिस्प्ले छ ।

यसमा ६ जिबी र्‍याम र १२८ जिबी रोम पनि छ । एमआई नोट-२ मा २२.५६ मेगापिक्सलको रेयर र ८ मेगापिक्सलको अटो फोकस फ्रन्ट क्यामेरा रहेको छ । एमआई नोट-२ अब चैत १५ गते सम्म बुकिङ गर्न सकिनेछ । यो फोनको मूल्य ७६ हजार ९ सय ९९ रूपैयाँ रहेको छ  यसमा राम्रो टिक्ने ४०७० एमएएच ब्याट्री पनि छ, जुन चार गुणा चाडो चार्ज हुने क्षमताको हो ।

बुकिङ्ग अवधिभर कम्पनीले एमआई नोट-२ किन्ने उपभोक्ताहरुलाई ४ हजार ४ सय ९९ बराबरको मि ब्याण्ड २ दिने घोषणा गरेकोे छ । शारदा गुप्र अन्तर्गतको वत्सलइम्पेक्स प्रालिले नेपालमा साओमीको बिक्री वितरण गरिरहेको छ । साओमीको उत्पादनले नेपालमा उत्साहजनक सफलताले पाएको छ । साओमीका स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामाग्रीहरुको लागि आधिकारीक अनलाईन स्टोरको रुपमा xiaominepal.com.np छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here