सगुनमा विश्वब्यापी रुपमा लगानीकर्ताको उत्साहनजनक सहभागिता

नेपालीले अमेरिकामा स्थापना गरेको सामाजिक सञ्जाल सगुनको मिनी आइपिओ मार्चको अन्तिमदेखि बन्द हुने भएको छ। सर्वसाधारणका लागि खुलाएको सेयर मार्च २७ देखि बन्द हुने कम्पनीले जनाएको छ। सगुनले सर्बसाधारणलाई निस्कासन गरेको सेयर बन्द भएपछि संस्थागत लगानीकर्ताका लागि मात्रै निस्कासन हुनेछ। त्यसपछि सर्वसाधारण सेयरधनीले लगानी गर्ने अवसर नपाउने सगुनले जनाएको छ। सगुनको मिनी आइपिओ खुलेयता सेयरका लागि १ हजार ७ सय जनाभन्दा बढीले करिव २० लाख डलर बराबरको लगानीका लागि आवेदन गरेका छन्। कम्पनीको सेयरमा आवेदन गर्नेहरु अरु ४ हजारभन्दा बढी छन्। उनीहरुको आवेदन अपुरो रहेकाले स्वीकृत गर्न नसकिएको सगुनले जनाएको छ।सगुनले अमेरिका र एसियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको बताएको छ। कम्पनीले फेब्रुअरी ९ देखि सर्बसाधारणका लागि सेयर निस्कासन गरेको थियो। सगुनले विश्वब्यापी रुपमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको बताएको छ। ग्लोबल सेयर मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने र नेपालमा समेत कार्यालय भएको कम्पनीले सेयर निस्कासन गरेको पहिलो पटक हो। सो क्रममा प्रवासमा रहेका हरेक नेपालीले सगुनमा लगानी गर्ने अवसर पाएका छन्। मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा ठूलै लगानी भित्र्याउने घोषणा सगुनले यसअघि नै गरिसकेको छ।

सगुनले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपिओ निस्कासन गर्ने अनुमति पाएको थियो। मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो। यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन्।अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी सगुनले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलप र प्रोमोसनमा लागिरहेको छ। सर्बसाधारणका लागि मिनी आइपिओको निस्कासन चरण सकिएपछि सगुन आफ्ना प्रोडक्ट डेभलपमा लाग्ने सगुन इन्डियाका स्वाती दयालले जानकारी दिइन्। ‘हाम्रो पाइपलाइनमा धेरै प्रोडक्ट छन्, उनले भनिन्, ‘तिनलाई युजरसम्म पुर्याउन अब हामी सबै क्षमता प्रयोग गर्ने छौँ।’सगुनले मोवाइल एप बजारमा ल्याउने तयारी गरेको छ। उसले सुरुमा एन्ड्रोइड प्लोटफर्ममा एप ल्याउने तयारी गरेको छ। सगुनका संस्थापक गोविन्द गिरीले एप डेभलपको काम ५० प्रतिशत सकिएको बताएका छन्। ‘हामी जुन जुलाइसम्ममा सगुनको मोवाइल एप बजारमा ल्याउने छौं, ’ उनले भने। एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने सगुनले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ ब्यवसायिक योजना सार्बजनिक गरेको छ।
अहिलेको सगुनको अबस्था आजभन्दा १० बर्षअघि अहिलेको चर्चित कम्पनी फेसबुकको थियो। लगानी जुटाउन त्यति बेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्नु परेको थियो। त्यतिखेर सर्बसाधारणलाई त्यस्ता कम्पनीमा लगानी गर्न पाउने कानुन थिएन। त्यसैले ठूला लगानीकर्ताहरुले फेसबुकमा त्यतिखेर गरेको लगानीबाट १ हजार २ सय गुना कमाइ गरिसकेका छन्। अहिले दोस्रो बजारमा फेुसबुकको सेयर किन्न चाहनेहरुले त्यही बढेको मूल्य तिर्नुपर्छ। त्यसको बजार विस्तारको सीमा निकै साँघुरो भइसकेको छ । सगुनमा अहिले लगानी गर्दा भोलि यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन्।सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न नसकिने सगुन नेपालका सञ्चार तथा जनसम्पर्क प्रमुख अजयबाबु शिवाकोटीले बताए। नेपालको कानुनले विदेशमा लगानी लैजान रोक लगाएको छ। संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ। सगुन डटकम/इन्भेस्टमा दिइएको फर्म भरेर सगुनको सेयरमा लगानी गर्न सकिन्छ। अमेरिकामा रहेकाहरुले विद्युतीय माध्यमबाट रकम तिर्न सक्नेछन् । अमेरिका बाहिर बसोबास गर्नेहरुले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्छन्। लगानीकर्ताले किनबेच विवरणपत्र र सेयर दलाल कम्पनीको बैंक खाताको विवरण स्थानीय बैंकलाई उपलब्ध गराएपछि स्थानीय बैंकले रकम पठाइ दिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here