नेपाल टेलिकमको होली अफर

नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना ग्राहकलाई बिभिन्न सेवाहरुमा सहुलियत दिने भएको छ। कम्पनीको चाडपर्व अफर अन्तर्गत जीएसएम र सिडिएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक उपलब्ध गराउने भएको हो। रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत २ सयको रिचार्ज कार्डमा २ सय एमबी डेटा, ५ सयको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र१ हजारको रिचार्ज कार्डमा १ हजार एमबी डेटा ग्राहकले पाउने कम्पनीले जनाएको छ। यसको अवधी दुई दिनसम्म रहने बताइएको छ। यो अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न पाइनेछ। यो अफरको फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

त्यस्तै यूट्युब डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब डेटा प्याक १ सय रुपैयाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ। यो अफरको अवधि फागुन २९ देखि चैत १३ गतेसम्म १५ दिन जीएसएमका प्रिपेड र पोष्टपेड ग्राहकलाई उपलब्ध हुनेछ। उक्त अफर लिनका लागि युआइजीबी या यु ५ सय एमबी टाइप गरी १४१५मा एसएमएस गर्नु पर्ने छ। एसएमएस प्याक अन्तर्गत १ सय वटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ। सो अफरको अवधि फागुन २९ देखि चैत १ गतेसम्म ३ दिन जीएसएम सिडीएमएका ग्राहकलाई उपलब्ध हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *