२ करोड डलर उठाउने लक्ष्य राखी सगुनको शेयर निष्कासन सुरु

वासिङटन डीसी, २७  माघ। सगुनले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउनको लागि अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ । बिहिवारबाट संसारको जुनसुकै कुनामा रहेका जो कोही व्यक्तिले पनि सगुनमा कम्तिमा २९९ डलर लगानी गरी यसको शेयरधनी हुनसक्नेछन्।

एक हप्ता अगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनले पेश गरेको प्रस्तावलाई स्वीकृति दिएको थियो । उक्त स्वीकृति पश्चात् सगुनले ग श्रेणीको ८,६९,५६४ कित्ता साधारण शेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु गरेको हो । सगुनको शेयरधनी बन्नको लागि कम्तीमा १३ कित्ता शेयर किन्नु अनिवार्य हुन्छ । त्यसभन्दा माथि भने व्यक्तिले आफ्नो इच्छा अनुसार शेयर खरिद गर्न सकिनेछ । बिक्रीको लागी छुट्याइएका यी शेयरहरु सगुनको वेबसाइट www.sagoon.com/invest मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । वेबसाइटमा सगुनले धितोपत्र कारोबार आयोगलाई पेश गरिएको प्रस्तावको प्रतिलिपि उपलब्ध गराइएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले भन्नुभयो, ‘ मेरो समुदायका मानिसहरु, हाम्रा समर्थक तथा शुभेच्छुकहरु जसले हाम्रो सपनामा विश्वास गर्नुभयो म उहाँहरुलाई यो अवसर वाड्न चाहन्थें। धितोपत्र कारोवार आयोगको स्विकृती पछि अब यो सम्भव भएको छ। अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ ।’ उहाँले थप्नुभयो, ‘अमेरिकाको जव्स एक्ट २०१२ को प्रावधान बमोजिम हामीले समाजका विभिन्न पक्षहरुमा सकारात्मक प्रभाव पार्न सक्ने भएका छौं ।’

लगानीको यस्तो अवसर फेसबुक, ट्वीटरजस्ता अन्य सामाजिक सञ्जालको प्रारम्भिक चरणमा उपलब्ध थिएन । यसको अर्थ भनेको सगुनमा लगानी गर्ने हरेक लगानीकर्ताले ठूलो प्रतिफल पाउने सम्भावना उच्च रहन्छ । साथै हरेक लगानीकर्ताले निश्चित सुविधाहरु पाउनेछन् जो निजले गरेको लगानीको मात्राको आधारमा तय गरिएका हुन्छन् ।

शेयर बिक्री सुरु गर्नु अगाडि सगुनले लगानीको लागि विद्यमान वातावरण जान्नको लागि एक आह्वान गरेको थियो जसमा अमेरिका, क्यानडा, भारत, बेलायत, दक्षिण, कोरिया, जापान, अष्ट्रेलिया, युएई, इजरायल लगायतका देशका ४ हजार लगानीकर्ताहरुले ७० लाख डलर भन्दा बढी लगानी गर्ने इच्छा व्यक्त गरेका थिए । यस लगानी प्रस्ताव मन पराउने व्यक्तिले यदि आफ्नो देशमा सगुनमा लगानी गर्न कानुनी रुपमा बैध भए www.sagoon.com/invest मा गई लगानी गर्न सक्नुहुनेछ ।

सगुनको बारेमा

सगुन प्रारम्भिक चरणमा रहेको एक सामाजिक कर्मस सञ्जाल हो जसले सबैलाई सामाजिकीकरण गर्दा पैसा कमाउने अवसर प्रदान गर्दछ । सगुन शब्द संस्कृतको सकुन शब्दबाट आएको हो जसको अर्थ शुभ समय वा राम्रो भाग्य भन्ने हो । २००९ मा सगुन सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर २०१४ मा यसलाई सामाजिक कमर्श सञ्जालको रुपमा विकसित गरियो ।

थप जानकारीको लागि www.sagoon.com/invest मा जानुहोस् ।

आवश्यक जानकारी 

यस शेयर निष्कासनको बारेमा एक प्रस्ताव धितोपत्र तथा कारोबार आयोगमा पेश गरिएको थियो जसलाई उक्त आयोगले स्वीकृति दिएको छ । उक्त स्वीकृतिको अर्थ उक्त प्रस्तावमा उल्लेख गरिएको शेयर बेच्नको लागि अनुमति दिइएको भन्ने हो । यस प्रस्तावको जानकारीबारेको सूचना तल दिइएको लिंकबाट हेर्न सकिन्छ। विदेशमा लगानी गर्नेसम्वन्धी कानुन नभएका कारण नेपालभित्रबाट भने सगुनमा लगानी गर्न पाइन्न।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here