दुई दिने १७ औं आइसिटी कन्फेरेन्स सुरु, भोली बिजनेश डे

क्यान महासंघको आयोजनामा काठमाण्डौं स्थित होटल सोल्टी क्राउन प्लाजामा दुई दिने१७औं आइसिटी कन्फेरेन्स सुरु भएको छ । Information and Communication Technology for Sustainable Development (ICT4SD)” क्यान महासंघको आयोजनामा काठमाण्डौं स्थित होटल सोल्टी क्राउन प्लाजामा दुई दिने१७औं आइसिटी कन्फेरेन्स सुरु भएको छ । “विषयक सम्मेलनको माननीय सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीज्य्ुले उद्धघाटन गर्नुभयो ।

यसअवसरमा मन्त्री कार्कीले पर्यावरणको विनाश बिनै देशको विकास गर्न आइसिटी महत्वपुर्ण साधन हने बताउनु भएको छ । मन्त्री कार्कीले नेपालको विकास प्रक्रियामा रणनीति र योजना बनाउँदा आइसिटीको भुमिकालाई अनिवार्य पार्न राज्य तयार रहेको बताउनुभयो । उहाँले स्वदेशमी आइसिटी उद्यमशीलता तयार पार्न के के गर्न सकिन्छ, त्यसको खाका तयार पार्न क्यान महासंघसँग सहकार्य गर्न आफु तयार रहेको पनि सो अवसरमा बताउनुभयो ।
‘यहाँ आइसिटी बेग्लै कुरा र विकास प्रक्रिया बेग्लै कुरा हो भन्ने बझाई छ । कतिपय अवस्थामा आइसिटीप्रति अविश्वास पनि छ । तर, विश्वले यही आइसिटीलाई हतियार बनाएर धेरै असम्भव चिजलाई सम्भव बनाइसक्यो । अब हामीले चाहेर पनि आइसिटीको प्रयोगलाई नकार्न सक्दैनौं,’ मन्त्री कार्कीले भन्नुभयो । उहाँले सुचना विभागलाई सुचना भण्डारणको केन्द्र बनाउन आफुहरु लागेको बताउदै चाँडै नै हुलाक कार्यालयलाई सुचना केन्द्रमा रुपान्तरण गर्ने प्रतिबद्धता देखाउनुभयो । नेपालमै पनि दक्ष जनशक्ति प्रशस्त उपलब्ध भएको चर्चा गर्दै उहाँले उनीहरुको उचित सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा क्यान महासंघसँग सहकार्य गर्न आफु इच्छुक रहेको बताउनुभयो ।
कन्फेरेन्समा बोल्दै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले ई–नेपाल बनाउन सरकारी साथ आफुहरुलाई चाहिएको धारणा राख्नुभयो । सरकारसँग कनै भिजन नै नभएका कारण सुचना र सञ्चार प्रविधि क्षेत्रले फड्को मार्न नसकेको उहाँको भनाइ छ । क्यान महासंघले नेपालको दिगो विकासमा सुचना र सञ्चार प्रविधिलाई अवलम्बन गर्न र ई–नेपाल बनाउन राज्यलाई जस्तोसुकै अवस्थामा पनि साथ र सहयोग उपलब्ध गराउने बताउनुभयो । कन्फरेन्समा दिगो विकासका लागि विभिन्न स्मार्ट क्ृषि, स्मार्टस्वास्थ्य, स्मार्ट शिक्षा, स्मार्ट पर्यटन र स्मार्ट स्वास्थ्यमा राष्टिय एवं अन्तराष्टिय क्षेत्रका विषय विज्ञहरुले कार्यपत्र पेश गर्ने कार्यक्रम छ भने विभिन्न राजनीतिक दलका सभासदबीच प्यानल डिस्कसन गराइने कार्यक्रम छ ।

कार्यक्रममा सुचना तथा सन्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङज्यु, सुचना प्रविधि विभागका महानिर्देशक श्री वीरेन्द्र कुमार मिश्र ज्यु लगायतको पनि उपस्थिति रहेको थियो । कन्फेरेन्समा जर्मनीबाट कीनोट स्पिकर प्रा.डा. बेट्टिना ह्यारीहसेन एवं कोरिया, भारत, नेपाल लगायतबाट विभिन्न विषय विज्ञहरुले कार्यपत्र पेश गर्ने कार्यक्रम छ । आज स्मार्ट सिटी, स्मार्ट हेल्थ र स्मार्ट एग्रिकल्चरको विषयमा पेपर प्रिजेन्टेशन भएको थियो । भोली सोमबार स्मार्ट पर्यटन र स्मार्ट एजकेशनको प्रिजेन्टेशन एवं ठला राजनीतिक दलका तर्फबाट समासदहरुलाई प्यानल डिस्कसन गराइने कार्यक्रम छ ।
यसै बीच भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ को आज चौथौ दिन आज ६७ हजार ३ सय ८ जनाले अवलोकन गरेका छन् । आज सम्म २ लाख ७ हजार ५८ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
प्रदर्शनीमा आज पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । प्रदर्शनीमा सहभागि बालकदेखि बृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधि प्रति आम सर्वसाधारणको चासो बढेको आभास भएको छ । विगतका वर्षहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष बयस्कहरुको पनि बाहुल्यता रहेको पाइयो । आज विभिन्न विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गर्नुभएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतम लगायतले इन्फोटेकको अवलोकन गर्नुभयो । अवलोकनकर्ताको उत्साहप्रद सहभागिता, उहाँहरुको प्रतिक्रिया र विशिष्ट व्यक्तित्वहरुको अमूल्य सल्लाह, सुझावले हामीलाई आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले कार्यक्रमहरु संचालन गर्ने हौसला र उत्प्रेरणा मिलेको छ ।
इन्फोटेकमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युसनहरु मध्ये केहीले आज पनि नयाँ उत्पादनहरु विशेष स्किमसहित सार्वजनिक गरेका छन् भने कतिपयले हिजो भन्दा आकर्षक अफरहरु सार्वजनिक गरेका छन । व्यवसायीहरुले ल्याएको नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरुले अवलोकनकर्ताहरुलाई थप सुविधा मिलेको
छ । अवलोकनकर्ताहरु लाई मनोरोञ्जन प्रदान गर्न एसियन ब्याट्रीले म्याजिक रुमको व्यवस्था गरेको छ । माइक्रोलाइफ ले राखेको मेडिकल मेसिनहरु प्नि अवलोकनकर्ताहरुको नजरमा प¥यो ।
प्रदर्शनीमा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, जेनेरेटर, ब्याट्री, सोलार, युपीएस, ल्यापटपहरु तथा एन्ड्रोइड स्मार्ट टिभीहरु, स्मार्टफोन÷ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटी, हेडफोन, पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ लगायतका स्टलहरु भरिभराउ देखियो ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका छन । सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ईन्फोटेक आगामी १८ गतेसम्म संचालन हुनेछ ।
भोली बिजनेश डे
जारी क्यान इन्फोटेकमा भोली सोमबारलाई बिजनेश डे घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १०० तोकिएको छ । उक्त दिन विशेष गरी बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सक्नुहनेछ । यो दिनको टिकट मूल्य सबैका लागि रु. १०० तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here