क्यान ईन्फोटेकमा आज ६९ हजार ४ सय ७८ जनाद्वारा अवलोकन

राजधानीको भृकुटीमण्डपमा जारी “सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” को आज तेश्रो दिन व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका हुन् । यस्ता अफरहरुले अवलोकनकर्ताहरुलाई थप सहुलियत मिलेको हाम्रो ठम्याई छ ।
प्रदर्शनीको पहिलो दिन ३४ हजार एक सय ५४ जनाले अवलोकन गरेकोमा दोश्रो दिन शनिवार ३६ हजार १ सय १८ जनाले अवलोकन गरेका थिए । आज तेश्रो दिन ६९ हजार ४ सय ७८ जनाले अवलोकन गरेका छन् । आज सम्म १ लाख ३९ हजार ७ सय ५० जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
ईन्फोटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको जम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिसुले मात्र रु. ७९९९ मा यो कम्बो अफर ल्याएको छ । त्यसैगरी नेपाली उपभोक्ताहरुका लागि लक्षित गरी ल्याइएका सामसुङका स्मार्टफोनहरुमा पनि अवलोकनकर्ताको घुइचो लागेको छ । सामसुङले इन्फोटेकमा ६ जिबी ¥याम भएको सी ९ प्रो र ग्यालेक्सी अन सेमेन प्रो र जे २ एस मोबाइलको पनि विशेष छु्टसहित प्रदशनी गरिरहेको छ ।
यस पटकको इन्फोटेकमा ग्याजेट्सहरुको रौनक देखिएको छ । सामसुङका अतिरिक्त हुवावे, ओप्पो, मेइजु, लेनोभो, माइक्रोम्याक्स, वानप्लस, एमआइ, ब्लाकभ्यूलगायतका स्टलहरुमा आज शनिबार अवलोकनकर्ताको भरिभाउ देखियो । त्यसैगरी इन्टरनेट सेवाप्रदायक कम्पनीहरु भायनेट, वेबसर्फरका साथमा नेपाल टेलिकमको फोरजी अफरमा विशेष आकर्षण देखियो ।
मेलामा सोनीले नेपालमै पहिलो पटक सार्वजनिक गरेको पावरबैंक टिभीमा पनि आकर्षण बढेको छ । यसमा सोनीले १५ प्रतिशत छुट उपलब्ध गराएको छ । त्यस्तै संसारकै सबैभन्दा सानो स्टिक कम्प्युटर मेला अवधिभर मात्रै ११ हजार ५ सयमा उपलब्ध गराइएको छ । मेलाकै अवसरमा नेपालका लागि नयाँ मोबाइल वालेट खल्ती पनि सार्वजनिक गरिएको छ । त्यसै गरी फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायत पनि विशेष अफरसहित उपलब्ध छन् ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी १५८ कम्पनीका २२२ स्टल रहेका छन ।
इन्फोटेकस्थलमै रेडक्रस सितापाइला उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम पनि आयोजना भैरहेको छ । कार्यक्रम मार्फत आजसम्म ९८ पिन्ट रगत संकलन भैसकेको संयोजकले जानकारी दिनुभयो । आगामी १८ गतेसम्म संचालन हुने ईन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

सोमबार बिजनेश डे
जारी क्यान इन्फोटेकमा भोली आइतबारलाई बिजनेश डे घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क रु १०० तोकिएको छ । उक्त दिन विशेष गरी बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गर्न सक्नुहनेछ । यो दिनको टिकट मूल्य सबैका लागि रु. १०० तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here