विण्डोज फोन निकै सस्ता र आकर्षक छन्: इभान चान

स्थानिय सहकार्यमा आएका विण्डोज फोन निकै सस्ता र आकर्षक छन्-इभान चान

नेपालमा पछिल्लो समय स्मार्टफोन प्रयोग गर्ने ग्राहक बढिरहेका छन्, जुन अधिकांश गूगलको एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित रहेक छन् । यहि बेलामा नेपाली मोबाइल ब्राण्ड कलर्ससँगको सहकार्यमा माइक्रोसफ्टले विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन वीन डब्लू १० बजारमा ल्याएको छ ।

यसै सन्दर्भ पारेर नेपाल आएका सि‌गापुरस्थित माइक्रोसफ्टका ओइएम डिभिजनअन्तरगत ग्लोबल डिभाइस पार्टनर्सका रिजनल एकाउन्ट डिरेक्टर इभान चानसँग मोबाइल्स खबर डटकमले गरेको कुराकानीको अंश ।

अहिलेको नेपाली मोबाइल बजारलाई कसरी हेर्नुहुन्छ ?
नेपालीहरुले विभिन्न किसिमका मोबाईल किन्ने प्रचलन बढिरहेको छ । यहाँ विशेषगरी फीचर फोनबाट स्मार्टफोनमा परिवर्तन हुने ग्राहकहरु बढिरहेको देखिन्छ । हामीले विशेषगरी विभिन्न डाटाहरु अध्ययन गर्दा नेपालमा स्मार्टफोन प्रयोग गर्नेहरुको संख्या पनि बढिरहेको देखिन्छ । हामीले विशेषगरी ओआइसिडीजस्ता संस्थाले प्रकाशित गर्ने तथ्यांकहरु अध्ययन गर्ने गरेका छौं । यसमा नेपालको वर्तमान जानकारी राखिएको हुन्छ भन्ने लाग्दछ ।

त्यसो भए अध्ययन र तथ्यांकबाट स्थानिय मोबाइल बजार कस्तो पाउनुभयो ?
नेपालमा मोबाईल प्रयोग गर्नेको संख्या बढिरहेको छ भने मोबाईल बिक्रीमा पनि वृद्धि हुँदै गएको छ । यो स्थानियरुपमा मात्र नभई विश्वव्यापीरुपमा नै बढ्दो देखिएको छ । विशेषगरी नेपालमा सामान्य खालका फीचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुने र इन्टरनेट सपोर्ट गर्ने मोबाइल खरिद गर्ने प्रचलन बढ्दो छ । इन्टरनेटको माध्यमबाट साथीभाईसँग सम्बन्ध बढाउने तथा सामाजिक संजालमा आवद्ध हुने क्रम बढ्दो देखिन्छ । यसले पनि नेपालमा मोबाइल बजार बढ्दो क्रममा रहेको छ ।

नेपाल बढ्दो स्मार्टफोनको बजारका कारण मात्र माइक्रोसफ्ट आएको हो ?
हामी नेपालमा रणनीतिक आधारमा आएका हौं । यो नेपालको लागी मात्र नभएर विश्वव्यापी रणनीति हो माइक्रोसफ्टको । हामी हरेक बढ्दो स्मार्टफोन बजारमा जाने र बजार विस्तार गर्दैछौं । त्यहि आधारमा नेपालमा पनि स्थानिय साझेदारसँग सहकार्य गर्दै स्मार्टफोन ल्याएका हौं ।

सन् २०१५ को लागी माइक्रोसफ्टको विश्वव्यापी योजना र लक्ष्य के हो ?
मेरो विचारमा माइक्रोसफ्ट हरेक समय निरन्तर गतिशिल भइरहन चाहने कम्पनी हो । हामी अहिले मोबाइलमा आधारित विभिन्न उपकरणहरु ल्याइरहेका छौं । स्मार्टफोन फीचर्सको व्यवसाय  माइक्रोसफ्टको लागि एउटा ठूलो व्यवसाय हो । यसकासाथै हामी आफ्ना अन्य कनेक्टीभिटी डिभाइसका क्षेत्रमा पनि काम गरिरहेका छौं ।

सन् २०१४ को अन्तिम चौमासिकमा माइक्रोसफ्टको विश्वव्यापी नाफामा कमी आएको देखिएको छ । अब कसरी रणनीतिमा परिवर्तन र सुधार गर्नुहुन्छ ?
मेरो विचारमा तपाईँले थाहा पाएको हुनुपर्छ, क्लाउड सेवा व्यवसाय निरन्तर बढ्दो देखिएको छ । हामी क्लाउड व्यवसायमा पनि ध्यान केन्द्रित गरिरहेका छौं भने हामी हार्डवेयर निर्माणको व्यवसाय पनि ससक्त विस्तार गरिरहेका छौं । त्यसैगरी हार्डवेयरको क्षेत्रमा नयाँ डिभाइस पनि ल्याइरहेका छौं भने अन्य विभिन्न विस्तारमा पनि जानेछौं । हामी क्लाउड सेवासहित नयाँ अवसर भएका क्षेत्रमा जानेछौं, यसले आगामी दिनमा माइक्रोसफ्टलाई निकै सहयोग गर्नेछ ।1111

नाफा कम भएको समाचार आईरहेकै बेलामा माइक्रोसफ्टले १ करोड भन्दा बढि लूमिया स्मार्टफोन बिक्री गर्नु सन् २०१५को लागी शुभ संकेत हो ?
मेरो विचारमा बजार निकै तिब्रगतिले विस्तार हुँदै गएको छ । आगामी दिनमा निकै सूपथ मूल्यका र आकर्षक डिभाइसहरु र फोनहरु बजारमा ल्याउनुपर्ने हुन्छ, जुन सबै किसिमको मानिसहरुको लागि होस्,उदाहरणको लागि हामीले नेपालमा कलर्स मोबाइलसँग सहकार्य गरेर विण्डोज मोबाइल ल्याउनुपनि हाम्रो नयाँ रणनीति अनुसार नै हो ।

माइक्रोसफ्टका विण्डोज निकै महंगा छन् अन्य मोबाइल तथा अपरेटिङको आधारमा यसले बजार कसरी लिन्छ ?
पछिल्लो समयमा हामीले सबै किसिमका ग्राहकलाई हुने खालका मोबाइल उत्पादन गर्ने र बजारीकरण गर्ने लक्ष्य राखेका छौं । बजारमा सस्ता र महंगा सबै किसिमका मोबाइल छन् भने ठूला स्क्रीन र साना स्क्रीनसहितका फोनहरु छन् । माइक्रोसफ्टले पनि त्यहि अनुसारको मोबाइल कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यस्तो बजार हरेकको आ आफ्नै हुन्छ ।

तर माइक्रोसफ्टका विण्डोज मोबाइल अन्य अपरेटिङ सिष्टमको भन्दा निकै महंगा छन् नी ?
यो सहि होइन् । तपाई अन्य कम्पनी वा अपरेटिङ सिष्टमका फोनहरुसँग किन माइक्रोसफ्टको तुलना गर्नुहुन्छ ? हाम्रो अन्य प्रतिस्पर्धिले पनि महंगा फोनहरु बजारमा ल्याएका छन् नी होईन् र । म माइक्रोसफ्ट स्मार्टफोनको बारेमा टिप्पणी गर्ने आधिकारिक मान्छे होइन् । मैले स्थानिय कम्पनीहरुसँगको सहकार्यको बारेमा मात्र आधिकारीकरुपमा बोल्दछु । सहकार्यमा आएका स्मार्टफोनहरु निकै सस्ता र आकर्षक रहेका छन् ।

के अब माइक्रोसफ्टले नेपालमा अन्य मोबाइल निर्माता कम्पनीहरुसँग पनि विण्डोज फोनको लागी सहकार्य गर्दछ ?
अहिले हामीले कलर्स मोबाइलसँग मूख्य सहकार्य गरिरहेका छौं । यसलाई पहिले हामीले अध्ययन गर्नेछौं । हामी हाम्रो रणनीतिमा सफल हुन चाहन्छौं र स्थानिय रणनीतिक मोबाइल कम्पनीसँगको सहकार्यद्धारा स्थानिय अर्थतन्त्रमा पनि सहयोग गर्न चाहन्छौं । आगामी दिनमा अन्य कम्पनीसँग सहकार्य गर्ने अहिलेको हाम्रो कुनै योजना छैन् तर हेरौं भविश्यमा के हुन्छ ।

दक्षिण एशियाली देशहरुका लागि अबको योजना के छ ?
हामी दक्षिण एशियाली बजारमा निकै विस्तार हुँदैछौं । भारतजस्तो ठूलो बजारमा पनि निकै विस्तार हुँदैछौं । हामी दक्षिण एशियामा मात्र नभई दक्षिणपूर्वी एशियाली मुलुकहरु फिलिपिन्स, भियतनामजस्ता मुलुकमा पनि बजार विस्तारको क्रममा छौं । विगत ६ महिना भित्र हामीले विश्वका निकै देशका मोबाइल बजारमा गईसकेका छौं । यो विश्व बजारका ग्राहकहरुका लागि पनि निकै महत्वपूर्ण अवसर हो ।

अन्त्यमा अहिले माइक्रोसफ्टको विण्डोज स्टोरमा २ सय भन्दा बढि नेपाली एप्स निर्माताहरुका एप रहेका छन् । के यो क्रम अझै बढ्छ ?
तपाईँले हेर्नुभयो भने नेपालीले निर्माण गरेका निकै आकर्षक एप्स विण्डोज स्टोरमा देख्नुहुन्छ । अहिले पनि सयौं एप्स स्टोरमा छन् । यो निकै उत्साहप्रद रहेको छ । हामीले भविश्यमा अझ बढि नेपाली एप्स निर्माताहरुसँग सहकार्य गर्दै थप एप्सहरु ल्याउनेछौं ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here