Upcomign Event: ICTs for a Sustainable Nepal

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७३ माघ १६ र १७ तदनुसार सन् २०१७ जनवरी २९ र ३०), सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको छ । त्यस्तै अफिसियल बैंक सन्राइज बैंक रहेको छ ।

“Information and Communication Technology for Sustainable Development (ICT4SD)” विषयमा दुई दिने १७औं अन्तराष्ट्रिय ICT Conference आयोजना हुने भएको छ । सम्मेलनमा Smart City/Village/Communities, Smart Agriculture, Smart Education, Smart Health का विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here