CAN InfoTech 2017 Scheduled to Begin from 26th January

क्यान महासंघ सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले विगत २४ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आईरहेको यहाँहरुमा विदितै छ । क्यान महासंघले आफनो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौंमा क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । हाल आएर यस क्यान ईन्फोटेक लाई काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पनि आयोजना गर्दे आएका छौ । ६ दिनसम्म संचालन हुने यस वर्ष को मेलामा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउनेछ भन्ने हामीले आशा गरेका छौं । साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरु विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।

300_0930 300_0892
यसै सन्दर्भमा वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष आगामी मिती २०७३ माघ १३ गते देखि १८ गते (तदनुसार सन् २०१७ जनवरी २६ देखि ३१) सम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्न गईरहेका छौ । विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २३ औं संस्करण हो ।
यस २३ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु रहेको तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको छ, त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाईल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सरहरु– हुवावे र ओप्पो मोबाईल, सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, एम.आई. स्मार्ट फोन र लेनोभो रहेका छन् भने प्रीन्ट स्पोन्सर– खल्ती रहेको छ ।

अफिसियलहरुमा बैंक– सन्राइज बैंक, टेलिभिजन– माउन्टेन टेलिभिजन, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., सि.सि.टि.भि.– ग्याजेड्स एण्ड गिजमोस ट्रेडर्स, वेव न्युज– हाम्राकुरा डटकम, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

“सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हाल सम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

विगतका बर्षहरुमा पनि क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साह जनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ । यस पटक पनि त्यो उत्साहमा अझ उर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौं । गत वर्षको क्यान ईन्फोटेकमा ३,६३,४५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक ४,००,००० भन्दा बढी अवलोकन कर्ताहरु आउने अपेक्षा हामीले गरेका छौं । “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ” अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १००÷– र विद्यार्थीहरुलाई रु ५०÷– तोकिएको छ । २०७३ माघ १६ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १००÷– तोकिएको छ । उक्त दिन विषेश गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।