npNOG द्वारा ओप्टिकल फाइबर नेटवर्क डिजाइन कार्यशाला सञ्चालन गरिने

एनपिनोग१ घोषणा

इन्टरनेट एक्सचेन्ज नेपाल (npIX) र नेपाल नेटवर्क अपरेटर्स समूह (npNOG) द्वारा डिसेम्बर ९, २०१६ मा होटल हिमालयमा एक सम्मेलन बीच आधिकारिक रूपमा “npNOG” सुरु गर्ने घोषणा गर्ने भएको छ । उक्त सम्मेलनमा विशिष्ट आईसीटी व्यक्तित्व, नेटवर्क प्रशासक र प्रोफेसनलहरूले भाग लिने भएको छ । सम्मेलनमा वर्तमान स्थिति, चुनौतीहरू र इन्टरनेट र नेटवर्क पूर्वाधार को सफलताका कथाहरूका प्रस्तुति हुनेछन । npIX का प्रबन्ध निर्देशक श्री रूपेश श्रेष्ठका अनुसार सम्मेलनद्वारा हालका सूचना प्रबिधिबारे सिक्ने, ज्ञान साझेदारी र समुदाय बिकासका लागि एक मंच शुरू हुनेछ।

capture npnog1-announcement

npIX र npNOG ले सम्मेलन पष्चात ३ दिने कार्यशाला होटल यल्लो पगोडामा डिसेम्बर १० देखि १२ सम्म आयोजना गर्ने छ। उक्त कार्यशालामा दुई ट्रयाकमा सञ्चालन गरिने छ

  1. SME नेटवर्क डिजाइन कार्यशाला
  2. ओप्टिकल फाइबर नेटवर्क डिजाइन कार्यशाला

npNOG का अध्यक्ष तथा वर्डलिंक का प्रमुख प्राविधिक अधिकृत (CTO) श्री समित जाना थिङका अनुसार, यो कार्यशाला वरिष्ठ अनुभवी पेशाकर्मीहरू द्वारा आयोजित गरिनेछ र इन्जिनियरिङका अन्तिम वर्षका विद्यार्थी र इच्छुक आईसीटी प्रोफेसनहरूका लागि व्यावहारिक ज्ञान तथा अभ्यास र प्राक्टिकल गर्नका लागि धेरै उपयोगी हुनेछ । साथै विद्यार्थीहरुका लागि ५०% छुट प्रदान गरिनेछ।