आइफोन सेभेन–प्लसमा पनि लाग्यो आगो

आइफोन सेभेन–प्लसमा पनि लाग्यो आगो !

केही समयअघि सामसुङको ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्कँदा उत्पादन नै बन्द गर्नुपर्यो ।  यस्तै समस्या एप्पलको आइफोनमा समेत देखिन थालेको छ ।
मोबाइल बजारमा विश्वमा सामसुङ र एप्पल प्रमुख प्रतिस्पर्धी कम्पनी हुन् ।  अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार, दक्षिण–पश्चिम चीनको युनान प्रान्तका एक जना प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन–प्लस आगो लागेर ध्वस्त भएको छ ।  समाचारका अनुसार ती प्रयोगकर्ताले गत महिना मात्र त्यो आइफोन किनेका थिए ।  उनको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा भाइब्रेसन भयो र केही मिनेटमै फोनबाट धुँवा निस्कियो ।  त्यसपछि आइफोन पड्कियो ।  यस्ता घटना बढ्दै गए सामसुङको जस्तै एप्पलको आइफोनको पनि बिक्रीमा मन्दी आउने प्रविधिविज्ञले चेतावनी दिइएका छन् ।

http://www.itpana.com/2016/11/iphone-seven-plus-fire.html