यस्तो छ नेपालमा सुरु हुन लागेको फोरजी इन्टरनेटको नालीवेली

यस्तो छ नेपालमा सुरु हुन लागेको फोरजी इन्टरनेटको नालीवेली

कात्तिक, काठमाडौं । मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्ताका लागि अबको केही महिनामा नेपालमा एउटा नयाँ उपहार आउँदैछ- फोरजी ।
फोरजी अर्थात् चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा नेपालमा पहिलोपटक नेपाल टेलिकमले सुरु गर्दैछ । नेपाल टेलिकमको तयारीअनुसार पुस १ गतेदेखि काठमाण्डौ र पोखराका मोबाइल प्रयोगकर्ताले तिब्र गतियुक्त फोरजी इन्टरनेट चलाउन पाउनेछन् ।
हाल लाखौं प्रयोगकर्ताले थ्रीजीमार्फत् मोबाइल इन्टरनेट प्रयोग गरिरहेका छन् । अब फोरजी आएपछि के हुन्छ त ? खास के हो यो प्रबिधि ? कसरी प्रयोग गर्ने ? कति पैसा लाग्छ ? के थ्रीजी चलाउनेहरु स्वतः फोरजीमा अपग्रेड हुने हुन् ?
फोरजी मोबाइल इन्टरनेट सेवाका बारेमा केही आधारभूत जानकारी हामी दिँदैछौं ।
के हो फोरजी ?
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।
पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । नेपाल टेलिकमले सञ्चालन गर्न लागेको फोरजी इन्टरनेटको न्यूनतम स्पीड ३० एमबी प्रति सेकेण्ड हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । थ्रीजी भने १४ एमवी प्रति सेकेण्डमा चल्छ ।
आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । बिभिन्न देशमा टेलिकमहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।
नेपालमा सञ्चालन हुन लागेको फोरजी भने न्यूनतम ३० मेगाविट्सको हुनेछ । भारतीय कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् ।
फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।
थ्रीजी भन्दा कति फास्ट ?
टेलिकमकी प्रवक्ता वैधका अनुसार कम्पनीले सुरु गर्न लागेको फोर जी थ्रीजीको तुलनामा कम्तीमा पनि दोब्बर गतिको हुन्छ । थ्री जीको अधिकत गति १४ मेगाविवट्स प्रतिसेकेण्ड हो भने फोर जीको न्यूनतम गति नै ३० मेगाविट्स हुनेछ । सिग्नल कमजोर भएको अबस्थामा तीन-चार मेगाविट्सको स्पीडमा पनि अहिले थ्रीजी चलिरहेको छ ।
तसर्थ फोरजी सेवा सुरु हुनु भनेको मोबाइलमै तिब्र गतिको इन्टरनेट हुनु हो । जसले गर्दा तपाइँले मोबाइलबाटै बिना बफररिङ टाइम भिडियो हेर्न सक्नुहुन्छ ।
ठूलो क्षमताका फाइलहरु अपलोड वा डाउनलोड गर्न सक्नुहुन्छ । इन्टरनेट स्पीडका कारण फेसबुक म्यासेन्जर, भाइवर, स्काइप जस्ता म्यासेजिङ एपहरुमा कुरा गर्दा आवाज नबुझिने समस्या पनि हुने छैन ।फोरजी सुरु हुँदा पनि  थ्री जी नै चलाइराख्न पाइन्छ ?
टेलिकमले टेक्नोलोजी न्युट्रल बिधिअनुसार यो सेवा सुरु गर्न लागेको हो । अर्थात् सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्नुहुन्छ । तपाइँले चाहेको बेलामा मात्र फोरजी सेवा लिन सक्नुहुन्छ ।
आफ्नो आबश्यकताअनुसार कुनैबेला थ्रीजी र कुनैबेला फोरजी इन्टरनेट चलाउन सक्नुहुन्छ । अर्थात् तपाइँले फोरजी अप्सन अफ गरेर थ्रीजी वा टुजीमा इन्टरनेट चलाउन सक्नुहुन्छ ।
कुन अबस्थामा फोरजी र कुन अबस्थामा थ्रीजी चलाउनु उपयुक्त हुन्छ ?
उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिनु पर्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्विर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ ।
तर, सामान्य अवस्थामा भने थ्री जी नै उपयुक्त हुन्छ । किनकि फोर जीको लागत थ्री जीको भन्दा महंगो हुन्छ । कम डाटा भएका वेबसाइट तथा एपहरु खोल्दा थ्रीजी नै पर्याप्त हुन्छ ।
ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न फोरजी चलाउँदा राम्रो हुन्छ ।
कति महंगो पर्छ फोरजी ?
बिश्वबजारमा फोरजीको मूल्य थ्रीजीको तुलनामा दुईदेखि पाँच गुणासम्म महंगा पर्ने गरेको छ । तर, नेपालमा भने टेलिकमले तीन वटा मोडालिटीमा मूल्यष् निर्धारण गर्न खोजेको टेलिकमकी प्रवक्ता बैद्यले जानकारी दिइन । सम्भव भएसम्म थ्री सेवा अनुसारकै मूल्यमा फोरजी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
प्रमियम दरमा थ्रीजीभन्दा मंहगो गर्ने र सकेको अवस्थामा छुटसहित थ्रीजीभन्दा कम शुल्कमा सेवा दिने गरी मूल्य निर्धारण गर्ने गरी काम भइरहेको वैद्यले बताइन् ।
फोरजी सेवाको मूल्य कति राख्ने भन्ने बिभिन्न विकल्पमा छलफल भइरहेको र अहिले नै तय भइ नसकेको उनले जानकारी दिइन् ।
By RanjittechNepal