मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाए

Author: Bharatraj Upreti

आएबीएमभन्दा २ वर्ष पहिले नेपालमा नेपालीले नै माइक्रो कम्प्युटर बनाएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाएर सफल प्रयोग गरिसकेका

छन् ।
====================================================
राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता कम्प्युटर वैज्ञानिक मुनि शाक्यले गरेका छन् भने राज्यले पहिचान दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति शाक्यको छ ।

प्रविधि प्रयोगमार्फत देश विकासका लागि, आइसिटी पत्रकार विकास मञ्च को आइसिटी खोज पत्रकारीता अभियानलाई व्यापक जनसमर्थन जनाई देशव्यापी ग्रीन कम्प्युटर प्रयोगका लागि सूचना प्रविधिप्रेमी तथा आम नागरिकमा अपिल ! गर्दछौ
विगत ४० वर्षको इतिहास बोकेको हाइटेक पायोनियर कम्प्युटर उत्पादन केन्द्रका वैज्ञानिक एवं कम्प्युटर विज्ञ मुनि बहादुर शाक्य जो आज पनि नेपालमा विज्ञान तथा प्रविधिको खोज अनुसन्धान, आविष्कार र प्रयोगमा उत्तिकै खटिरहेका छन् । शाक्यले सन् १९७९ मा आइबिएम कम्पनीको सोचभन्दा अगाडी रहेर नेपालबाटै पहिलो माइक्रो कम्प्युटर बनाएर नेपाल प्रविधि आविष्कार र प्रयोगमा अगाडी रहेको सन्देश विश्वभरि पु¥याए । सन् १९८३ मा देवनागरी लिपीको विकास गरेका शाक्यले वि.सं २०६३ सालमा सुपर कम्प्युटर सिष्टमको विकास नेपालमै गरे ।

शाक्यले अहिले ३५ वाट क्षमतामा चल्ने ग्रिन कम्प्युटरको विकास गरी सफल परीक्षण समेत गरिसकेका छन् । नेपालमा नै बनेको ग्रीन कम्प्युटरले जम्मा ३५ वाट बिद्युत मात्र खपत गर्दछ, जसलाई एउटा सानो सोलार प्यानलबाट पनि दैनिक १८ घण्टा भन्दा बढी चलाउन सकिन्छ । त्यतिमात्र होइन शाक्यले ५ वाटको ग्रिन कम्प्युटरको समेत आविष्कार गरिसक्नुभएको छ । जुन सरोवर ब्याकअप कम्प्युटरको लागि अति उपयोगी छ ।

ताइवानबाट आजभन्दा २० वर्ष अघि नै करोडौं मुल्यको कम्प्युटर प्लान्ट मेसीन भित्र्याएर हजारौं कम्प्युटर बनाइसकेका शाक्य विज्ञान प्रविधिमार्फत नेपालको विकास सम्भव छ भन्नेमा अझै पनि उत्तिकै आशावादी छन् । राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता मुनि शाक्यले गरेका छन् भने राज्यले पहिचान दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा लाग्ने दृढ इच्छा शक्ति शाक्यको छ ।

स्वास्थ्य सेवामा ग्रीन कम्प्युटरकोे प्रयोगमार्फत टेलिमेडिसिन सेवा विगत ५ वर्षदेखि विकट जिल्ला कालीकोटमा सामाजिक सेवामुलक तवरले सञ्चालन गर्दै आएका मुनि शाक्यको विज्ञान प्रविधिको अपार ज्ञान भण्डार, क्षमता र हाइटेक पायोनियर सेन्टरलाई आइसिटी पत्रकार विकास मञ्चले देशव्यापी प्रयोगमा ल्याउन आइसिटी खोज पत्रकारीता अभियान शुरु गरिरहेकोे जानकारी गराउन चाहन्छौं ।

Muni Shakya

विज्ञान तथा सूचना प्रविधिमा सरकारले केही गरेन भन्ने सर्वत्र गुनासो छाइरहदा मुनि शाक्यको हाइटेक पायोनियर सेन्टर लाई अध्ययन अनुसन्धान, विकास, आविष्कार र प्रयोगका लागि शिक्षा स्वास्थ्य क्षेत्रसँग जोड्न सकिन्छ भन्ने कुरालाई देशव्यापी प्रयोगमा ल्याउन र राष्ट्रिय विज्ञान तथा प्रविधिको प्रयोग सेन्टरको रुपमा हाइटेक पायोनियर सेन्टरलाई नेपाल सरकारको पब्लिक प्राइभेट पार्टनरशीप परियोजना मार्फत सञ्चालनमा ल्याउन आइसिटी खोज पत्रकारीता सोसल अभियानलाई व्यापक जनसमर्थन जुटाउनका लागि सूचना प्रविधिप्रेमी तथा आम नागरिकमा हार्दिक अपिल गर्दछौं ।