क्यान कमटेक २०१६ को पहिलो दिन ३९ हजार १६७ जना अवलोकनकर्ता

‘सुविसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ को शूभारम्भ पहिलो दिन ३९ हजार १६७ जना अवलोकनकर्ता

2016 can commtech commtech can 2016

राजधानीको भृकुटीमण्डपमा “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को भब्य शूभारम्भ गरिएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा सुरु भएको प्रदर्शनीको माननीय सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ज्यूले समुद्धघाटन गर्नुभयो ।

कार्यक्रमको समुद्धघाटन गर्नुहुँदै मन्त्री कार्कीले नेपालमा सूचना प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेल्दै आएको भूमिकाको प्रशंसा र प्रदर्शनी सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अतिथि समेत रहनु भएका माननीय मन्त्री कार्कीले ईन्फरमेशन टेक्नोलोजीलाई रोजगारीका दृष्टिकोणले मात्रै नहेरी व्यवहारगत दृष्टिकोणले पालना गर्नुपर्ने वताउनुभयो । नेपाली भाषाको जगेर्ना र प्रवद्र्धनका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने वताउदै मन्त्री कार्कीले ईन्टरनेटको विस्तारसँगै दुरुपयोग पनि रोक्नुपर्ने धारणा राख्नुभयो ।

समुद्धघाटन कार्यक्रममा बोल्नु हुँदै क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले सूचना तथा संचार प्रविधिको विकास ग्रामीण भेगसम्म विस्तार नभएसम्म क्यान महासंघले बोकेको इ–नेपालको परिकल्पना साकार नह्ने वताउनुभयो । सरकार प्रतिवद्ध भएर काम गर्ने हो भने इ–नेपाल बनाउन गाह्रो नहुने वताउनु हुदै अध्यक्ष ढकालले भन्नुभयो– “यदि नेपाल सरकारको सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउने हो भने आजको ५ वर्षमा हामी इ–नेपालका बनाउन सक्छौं ।” विश्वका ठूला देशहरुमा सूचना तथा संचार प्रविधि पहिलो प्राथमिकतामा परेको वताउनु हुदै अध्यक्ष ढकालले नेपालले पनि उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने र त्यसका लागि क्यान महासंघ हातेमालो गर्न तयार रहेको वताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले महासंघमा आबद्ध वस्तुगत संघमध्ये क्यान महासंघले उदाहरणीय काम गरिरहेको वताउनु हुँदै अरु संघहरुले पनि यसबाट पाठ सिक्नुपर्ने वताउनु भयो । त्यस्तै कार्यक्रमा मन्तब्य राख्नु हुँदै नेपाल चेम्वर अफ कमर्सका कार्यवाहक अध्यक्ष ज्ञानेन्द्र रत्न तुलाधरले प्रविधिको तिव्रतर विकासले नै व्यापार व्यवसाय फस्टाउने भएकाले प्रविधिको प्रयोग र विकासका प्राथमिकता दिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले संचार प्रविधिको अहिलेको अवस्था काठमाडौं केन्द्रित भएको भन्दै ग्रामिण क्षेत्रसम्म पंहुच विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । ब्रोडब्याण्ड नीति र आइसीटी नीति बनि सकेको वताउनु हुँदै झाले त्यसको प्रभावकारी कार्यान्वयनमा लागेको वताउनु भयो । त्यस्तै कार्यक्रममा शिर्ष प्रयोजक सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधिर पराजुलीले सरकारले २०७३ को अन्त्यसम्ममा केवलहरु डिजिटल प्रशारणमा जानुपर्ने भएकाले सोही अनुसार काम गरिरहेको वताउनु भयो । कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक बिरेन्द्र कुमार मिश्र, नेपालका लागि श्रीलंकाका राजदूत डब्लु एस पेरेरा लगायत क्यान महासंघका पूर्व अध्यक्षहरु सहभागि हुनुहुन्थ्यो ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कमटेक प्रदर्शनीमा विशेषगरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरु उल्लेखय सहभागिता रहेको छ ।

कमटेकमा शिर्ष प्रायोजक सुबिसुले क्लियर टिभि तथा ईन्टरनेट सेवामा विशेष आकर्षक योजना ल्याएको छ । यसै गरि एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि व्(क्भचष्भक का फोनहरु सार्वजनिक गरेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर वेभसर्फरले उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रस्तुत गरेको छ ।

कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०÷– मा रु. ५०÷– कै ब्यालेन्स भएको जि. एस. एम. प्रिपेड सिमकार्ड उपलब्ध गराएको छ । त्यस्तैगरी मेलामा सहभागि अन्य कम्पनीहरुले पनि विभिन्न आकर्षक अफरहरु सार्वजनिक गरेका छन् । कमटेकको गोल्ड स्पोन्सर– जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु– नेटिस र स्टार अफिस ईन्टरनेशनले पनि नयाँ उत्पादनहरु विशेष सहुलियतमा उपलब्ध गराएको छ ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् ।

कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु ५०÷– र विद्यार्थीहरुलाई रु २५÷– तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरीने छ ।