WorldLink Bill Payment through eSewa-Nepal

वल्डलिंक कम्युनिकेशनको अनलाईन शुल्क भुक्तानी अझै सहज भएको छ । इसेवामार्फत् इन्टरनेटको शुल्क मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न  सकिने सेवा दिँदै आएको वल्डलिंकले आफ्ना ग्राहकलाई अनलाईन रकम भुक्तानीमा अझ सहज बनाएको हो । यसअघि इसेवामा लगअन गरिसकेपछि रकम भुक्तानी गर्न पुःन वल्डलिंंकको वेभसाइटमा लगअन गरेर रकम भुक्तानी गर्नुपर्ने थियो । तर अब देखि इसेवाको वेभपेजबाटै सिधै रकम भुक्तानी गर्न सकिन्छ । इसेवाकै वेभपेजमा ग्राहकले आफुले वल्डलिंकको तिर्नुपर्ने बाँकी रकम हेर्न सक्नेछन् र त्यहाँबाट सिधै भुक्तानी गर्न सक्नेछन् ।

यसअघि सुरुमा इसेवा लगअन गर्नुपर्ने, त्यसपछि वल्र्डलिंकको वेभसाइटमा गइ युजरनेम र पासवर्ड हान्नुपर्ने झन्जट अब टरेको छ । पासवर्ड बिर्सिएपनि अब इसेवाबाट सिधै भुक्तानी गर्न सकने भएपछि ग्राहकलाई सहज भएको छ । इसेवाको पेजमा गइ इन्टरनेट विल पेमेन्टमा क्लिक गरी वल्डलिंक छानेपछि त्यहाँ आफ्नो युजरनेम उल्लेखगरेपछि सिधै भुक्तानी गर्न मिल्ने इसेवा फोन पे प्रा.लि.की मार्केटिङ अफिसर शर्मिाला शाहीले बताइन् । ग्राहकहरुले छिटो छरितो र सहज ढंगबाट मोबाईल तथा इन्टरनेटको माध्यमबाट घरबाटै रकम भुक्तानी गर्न अझ सहज होस् भनेर यो सुविधा थपिएको वल्डलिंक कम्युनिकेशनकी मार्केटिङ प्रमुख रिजु शाक्यले बताइन् । Source by newssewa