क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ”, डेढ लाखले अवलोकन गर्ने अपेक्षा

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले पहिलो पटक गर्न लागेको क्यान कमटेक मेलामा सञ्चार र मोबाइल कम्पनीका एक सय स्टल रहने भएका छन् । भदौ २३ देखि ४ दिनसम्म प्रदर्शनी स्थल भृकूटीमण्डपमा सो मेला आयोजना हुँदैछ ।

commtech can 2016

बुधबार आयोजित पत्रकार सम्मेलनमा क्यान कमटेकको तयारी तीव्र पारिको जानकारी दिइयो । क्यान कमटेकको यस संस्करणको सुबिसु केबलनेट प्रा.लि.ले शीर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर सामसुङले प्रायोजन गरेको हुनाले यस क्यान कमटेकको संस्करणको नाम “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” रहको छ । त्यस्तै प्लाटिनम स्पोन्सर– वेभसर्फर, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम, गोल्ड स्पोन्सर– जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु– नेटिस, र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा– स्प्यारो एस.एम.एस. रहेको छ ।

अफिसियलहरुमा बैंक– सनराइज बैंक लिमिटेड, ईन्स्योरेन्स– प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट– ई–सेवा, नेपाली आईटी म्यागेजिन– लिभिङ्ग वीथ आई.सी.टी., वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा– जानकि टेक्नोलोजी, सि.सि.टि.भि.– ASPA Nepal र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् । सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङमा जम्मा ८७ (सानो र ठूलो गरि), ओपन स्पेसहरु ८ र फुुड स्टलहरु ५ गरी जम्मा १०० वटा स्टलहरु रहनेछन् । हाल सम्म सबै स्टलहरु निश्चित भईसकेका छन् ।

प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, Electronic Security  तथा Safety and Solution, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने छन् ।

“सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु ५० र विद्यार्थीहरुलाई रु २५ तोकिएको छ । कमटेकको अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आम जनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरिएकाे छ ।

 यस पटकको प्रदशनीमा १,५०,००० अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएकाे  क्यान महासंघका महासचिव विश्वराम बलामीले बताए ।