अभिभावकले बुझ्नै पर्ने कुरा : आजका बालबालिकालाई मिदास इक्लास किन ?

पढ्नु भनेको जाँच पास गर्नु र सर्टिफिकेट लिनु मात्रै होईन, बरु आफ्नो कक्षा र विषय अनुसारको पाठ बुझ्नु, त्यसबाट ज्ञान लिनु र मनन गरी व्यवहारमा उतार्नु हो। जबसम्म आफूले पढेको पाठ राम्रोसंग बुझेर मनन गर्न सकिदैन, तबसम्म त्यसलाई ब्यवहारमा उतार्न सकिदैन। त्यसैले पढाईलाई सहि उपयोग गर्न पढेको पाठ राम्रोसंग बुझेर मनन गरेको हुनुपर्छ। सानै देखि बुझेर पढ्ने र मनन गर्ने बानीको विकास हुन सक्यो भने मात्र ठूलो भएपछि पढाईको सहि उपयोग गर्न सक्छ। मिदास इक्लासले बालबालिकालाई उनीहरुको कक्षा अनुसारको विषयमा भएका पाठहरुलाई राम्रो संग बुझेर मनन गर्न मद्दत गर्दछ।

– आजकालका बालबालिकाहरु टिभीमा कार्टुन हेर्न मनपराउँछन्। कम्युटर, ट्यावलेट वा मोवाईल फोनमा भिडियो हेर्न र गेम खेल्न रुचाउँछन्। साँच्चै भन्ने हो भने उनीहरुको जीवनशैली नै डिजिटल सामाग्रीसंग बढि गाँसिएको छ। उनीहरुको यो शैलीलाई परिवर्तन गर्न गाह्रो छ। त्यसैले उनीहरुको यो जीवनशैली अनुसारकै पढ्ने सामाग्री उपलब्ध गराउनु बुद्धिमानी हुन्छ। मिदास एजुकेशनले आजका बालबालिकाको जीवनशैलीलाई ध्यानमा राखेर उनीहरुको पढाईमा रुचि जगाउने पाठ्य सामाग्री तयार गरेको छ। त्यहि पाठ्य सामाग्री नै मिदास इक्लास हो।

– भर्खरै सिक्ने उमेरका बालबालिकालाई पुस्तक वा पुस्तकमा भएका चित्र र अक्षरले मात्रै ध्यान केन्द्रीत गरिराख्न गाह्रो हुन्छ। मिदास इक्लासमा भएका भिडियो, चित्र र चित्रअनुसारको आवाजले बालबालिकाको केहि मात्रामा ध्यान बढि आकर्षण गर्छ। जसले गर्दा साना नानिबाबुहरुलाई पढाउन तथा सिकाउन सजिलो हुन्छ।

– बालबालिकालाई सानै उमेरदेखि शब्द र वाक्यहरुको सहि उच्चारण गर्न सिकाउनु जरुरी छ। सानैमा गलत तरिकाले शव्द उच्चारण गर्नाले पछि सम्म त्यहि बानी रहन्छ। मिदास इक्लासमा बालबालिकालहरुले सिक्नुपर्ने शब्द र वाक्यहरुको सहि उच्चारण (pronunciation) छ। जसलाई सुनेर बालबालिकाले सानै उमेर देखि सहि उच्चारण गर्न सिक्छन।

– सिकाईमा जति बढि शरिरका ज्ञानिन्द्रीयहरु संलग्न हुन्छन्, सिकाई त्यतिनै सहज तथा दिर्घकालीन हुनसक्छ। मिदास इक्लासमा श्रब्य दृश्य पाठ्य सामाग्री भएको हुनाले यसको प्रयोग गरी पढ्दा बालबालिकाको आँखा र कान दुबै प्रयोग हुन्छ। जसले गर्दा उनीहरुले अप्ठेरा पाठहरु पनि सजिलै बुझ्छन र उनीहरुको सिकाई दिर्घकालीन हुन्छ।

– मिदास इक्लासमा बालबालिकाले पढ्नुपर्ने हरेक पाठहरु भिडियो, इलुस्ट्रेसन, चित्र र चित्र अनुसारको आवाज प्रयोग गरी विस्तृतमा बुझाइएको हुन्छ। जसलेगर्दा सबै विद्यार्थीले आफ्ना पाठहरु सजिलै बुझ्न सक्दछन्।

– विद्यार्थीले पढ्नुपर्ने प्रत्येक पाठहरुलाई व्यवहारिक रुपमा(practically) देखाउन कठिन हुन्छ। तर त्यस्ता पाठहरुलाई मिदास इक्लासमा एनिमेशन प्रयोग गरेर देखाईएको छ। जसले विद्यार्थीलाई बुझ्न मद्दत गर्दछ।

– मिदास इक्लासमा राखिएका पाठअनुसारको गेमहरु खेल्दै सिक्दा उनीहरुले छिटो र सजिलै बुझ्न सक्छन र उनीहरुको सिकाई दिर्घकालीन हुन्छ।

– सामान्यतया धेरैजसो बालबालिबाले शिक्षक, शिक्षीका र अभिभावकको रेखदेखमा मात्रै पढाईमा ध्यान दिने गर्छन। मिदास इक्लासमा भएका पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनशन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान आकर्षित गर्छ। यी सामाग्रीको प्रयोग गरी पढ्दा रमाइलो हुने भएकोले बालबालिका थप उत्सुक हुन्छन्। उत्सुकताले रुचि बढाउँछ, यसबाट बालबालिकाको स्वअध्ययन गर्ने बानीको विकास हुन्छ।