फेसबुकको ‘सुसाइड प्रिभेन्सन टुल’ प्रयोगमा

फेसबुक कम्पनीले आत्महत्याको सोच भएका व्यक्तिलाई मद्दत गर्नको लागी भारतमा सुसाइड प्रिभेन्सन टुल सुरु गरेको छ।अमेरिका, अस्ट्रेलिया, न्यूजील्याण्ड, ब्रिटेनजस्ता देशमा यो टुल पहिलेदेखि नै उपलब्ध छ।उक्त टुलले चिन्तामा डुबेका वा आत्महत्याको सोच भएका व्यक्तिलाई मद्दत गर्ने कम्पनीले जनाएको छ।कम्पनीको यस टुलबाटआफूलाई यस्तै प्रकारको समस्या भएको र अन्य प्रयोगकर्ताले यस विषयमा मद्दत लिन सक्ने छन्।