एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’

देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । उक्त योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्नेछन् । यही असार १ गतेबाट लागू भई तीन महिनासम्म नाईट एसएमएस प्याक संचालनमा रहने कम्पनीले जनाएको छ ।

एनसेलका सबै ग्राहकले *१७११९# डायल गरी प्राप्त जानकारी अनुसार यो सेवा संचालन गर्न सक्नेछन्। ग्राहकले सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने वा आफ्नो आवश्यकता अनुसार प्रत्येक पटक दैनिक रुपमा प्याक खरिद गर्ने गरी दुई किसिमबाट यो सेवा संचालन गर्न सक्छन्। ‘बढ्दो संचार आवश्यकतालाई ध्यानमा राखी एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएका हौं’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने- ‘यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।’ उक्त प्याक लिएपछि २४ घण्टाको लागि मान्य हुनेछ। स्वतः नवीकरण हुने प्याक मध्यरातमा नवीकरण हुनेछ।