स्टार्टअप अवार्ड २०१६ अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १५ कम्पनी

लिभिङ विथ आइसिटीको आयोजनामा आगामी असार ८ गते हुने आइसिटी स्टार्टअप अवार्ड २०१६ अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १५ कम्पनी छानिएका छन् ।

ict award

म्यागेजिनले जेठ १५ देखि ४ दिनसम्म खुला गरेको अनलाइन एप्लिकेशन फर्म भरेका कम्पनीहरुबाट जुरी टिमले १५ कम्पनी छानेको हो । उत्कृष्ट १५ मा छानिएका कम्पनीका प्रतिनिधिले आइतबार जुरी टिमसमक्ष प्रिजेन्टेशन दिने कार्यक्रम छ । यस प्रक्रियाबाट १० कम्पनी अन्तिम चरणमा छानिने छन् । उत्कृष्ट १० कम्पनीहरुका लागि सोमबारदेखि अनलाइन भोटिङ खुला गरिने आयोजकले जनाएको छ । लिभिङ विथ आइसिटीको चौथो वार्षिकोत्सवको अवसर पारी आयोजना गरिने विशेष कार्यक्रममा उत्कृष्ट ४ कम्पनीको घोषणा हुने छ । साथै सो अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा विशिष्ट योगदान पुऱ्याएका एक जनालाई विशेष सम्मान गरिने कार्यक्रम छ । आइसिटी स्टार्टअप अवार्ड २०१६ का सपोर्टहरुमा सूचना तथा सञ्चार मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, सूचना तथा प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कम्प्युटर एशोसिएन नेपाल महासंघ, आइसिटी एशोसिएसन अफ नेपाल, उद्यमी घर, बुलगार्ड इन्टरनेट सेक्युरिटी, युवा उद्यमी स्कुललगायत रहेका छन् ।