साइबर सुरक्षा अभियानमा, साइबर सरक्षा अन्तराष्ट्रिय–नेपाल

सूचना प्रविधिको प्रयोग र पहुँच दिनानुदिन बढदै जाँदा नेपालको साइबर अपराधको संख्यामा दिनानुदिन वृद्धि हुँदै गइरहेको साइबर सुरक्षा अन्तराष्ट्रिय, नेपाल का संयोजक श्री चिरन्जिबी अधिकारी ले बताएका छन्।

nepal cyber cyber kathmandu

चाबहिलमा विभिन्न विधालयका एस एल सी दिएर बसेका छात्र छात्राहरुलाई  बुधबार एक हलमा साइबर सुरक्षा अन्तराष्ट्रिय–नेपालले गरेको जनचेतनामूलक कार्यक्रममा साइबर सुरक्षाका विज्ञहरुले सो जानकारी दिएका हुन्।

कार्यक्रममा साइबर सेक्युरिटी विशेषज्ञ श्री चिरन्जिबी अधिकारीले नेपालमा साइबर सुरक्षाको स्थिति अन्जानमा दिनानुदिन बढ्दै गएको बताए। उनले भने, ’एसियन राष्ट्रहरुमा साइबर सुरक्षा धेरै नै बढिरहेको छ। खासमा यसको चेतनाको अभावमा यी सबै भइरहेको छ।

उनले भने, ’नेपालमा लक्की ड्र, फेक इमेल, मालवेयर भाइरस अन्जानमा क्लिक गर्दा यसको स्तर माथि पुगेको छ। यसबाट बच्न आइसिटी शिक्षाको जरुरी छ, साथै जनचेतना मूलक कार्यम्रम समेत स्कुलका विद्यार्थीहरुलाई दिनु जरुरी छ।

 यस्तै साइबर सरक्षा अन्तराष्ट्रिय–नेपाल का सदस्य श्री विक्रम खड्काले साइबर अपराध नेपालमा सामाजिक सञ्जालको कारण मौलाउँदै गरेको बताए। उनले भने, नेपालमा बढ्दो सामाजिक सञ्जालप्रतिको मोह र यसमा आफ्नो सबै गोप्य सूचनाहरु सार्वजनिक गर्ने प्रवृतिले अपराधको स्थिति दिनदिनै बढ्दै गएको हो।’

उनले यसबाट बच्न सबैभन्दा पहिला अभिभावकले आफ्नो छोराछोरीको निगरानी गर्नुपर्ने, स्कुले जीवनमा मोबाइल कम प्रयोग गर्न दिने र विद्यालयमा पनि शिक्षकले विद्यार्थीहरुको मोबाइलमा निगरानी बढाउनु पर्ने सुझाव दिए।

साइबर सुरक्षाबारे जानकारी लिन विभिन्न विद्यालयका करिब ६० जना विधार्थीहरुको सहभागी भएको रहेको थियो ।