TAXpert‬ दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड (Mbillionth) को फाइनल चरणमा छनौट

चार्टड एकाउन्टेन्ट शेषमणि दाहालको ‘कन्सेप्ट’मा बनेको एन्ड्रोइड मोबाइल एप ‘ट्याक्सपर्ट’ दक्षिण एसीयाकै चर्चित अवार्ड  ‘एमबिलिएन्थ अवार्ड’को फाइनलमा पुगेको छ । आज अवार्ड प्रादायक कम्पनीले सुचना जारी गर्दै ‘ट्याक्सपर्ट’ उक्त अवार्डका लागि उत्कृष्ट  एपको सूचीमा  परेको जानकारी दिएको हो ।
उक्त अवार्डको प्रतिष्पर्धामा दक्षिण एसीयाका कुल ८ देशले प्रतिष्पर्धा गरेका थिए । अवार्ड वितरण कार्यक्रम यहि जुलाई २३ मा हुँदैछ । उक्त कार्यक्रमका लागि ‘ट्याक्सपर्ट’ युनिट भारत जाने बताइएको छ । भारतमा गइ आफ्नो एपबारे प्रस्तुती दिएपछि कार्यक्रममा बिजेताको नाम घोषणा हुने बताइएको छ ।
ट्याक्सपर्ट उक्त अवार्डमा छनोट भएपछी एप निर्माता कम्पनी र उक्त एपका परिकल्पनाकार सिए शेषमणि दाहालले खुसी व्यक्ति गर्दै एपलाई माया गर्ने सबैलाई धन्यवाद दिएका छन् । आईसी टी फ्रेम सँग कुराकानी गर्दै एपका परिकल्पनाकार सिए शेषमणि दाहालले एप अवार्ड कार्यक्रमको छनोटमा पर्न सफल पार्नुहुने सबै प्रयोगकर्तालाई धन्यवाद दिएका छन्