ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि आशय पत्र (Expression of Interest)आव्हान

जिल्ला विकास समिति मार्फत ब्रोडव्याण्ड इन्टरनेट जोड्नको लागि आशय पत्र (Expression of Interest)आव्हान

नेपाल दूरसञ्चार प्राधिकरण कमलादी, काठमाण्डौको जिल्ला विकास समिति मार्फत ब्रोडव्याण्डइन्टरनेटजोड्नको लागि आशय पत्र (Expression of Interest)आव्हान

१)      दूरसंचार ऐन २०५३ र दूरसंचार नियमावली, २०५४ को प्रावधान अनुरुप एक स्वतन्त्र नियामक निकायको रुपमा नेपाल दूरसंचार प्राधिकरण रहेको र प्राधिकरणले दूरसंचार सेवा सर्वसुलभ बनाउने, उपभोक्ताको हक हितको संरक्षण गर्ने, आधारभूत दूरसंचार सेवा ग्रामिण तथा शहरी क्षेत्रमा पुर्याउन आवश्यक व्यवस्था मिलाउदै आएको छ|

२)      दूरसंचार ऐन २०५३ को दफा ३०(४) अनुसार ग्रामिण क्षेत्रमा दूरसंचार सेवा विकास तथा विस्तारको लागि दूरसंचार सेवा प्रदायकको वार्षिक आम्दनीको २ प्रतिशत जम्मा हुने गरी ग्रामिण दूरसंचार विकास कोष रहेको छ |

३)      नेपाल सरकारको दूरसंचार नीति २०६० तथा ब्रोडव्याण्ड नीति २०७१ अनुसार ग्रामिण तथा दुर्गम क्षेत्रका गा.वि.स., स्वास्थ्य चौकी/ अस्पताल तथा विधालयहरुमा ब्रोडव्याण्ड (कम्तिमा 512 Kbps) इन्टरनेट जोड्ने लक्ष्य रहेको छ| सोहि अनुसार ग.वि.स.हरु, मा ब्रोडव्याण्ड इन्टरनेट जोडी सुचना मैत्री गा.वि.स. बनाउने प्राधिकरणको आ.व. २०७२/७३ को वार्षिक कार्यक्रम रहेको छ |

४)      प्राधिकरणले म्याग्दी जिल्ला विकास समितिबाट प्रस्ताव प्राप्त गरी त्यस जिल्लाको गा.वि.स. कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलाई सुचना मैत्री बनाउन अनुदान दिने गरी सम्झौता गर्ने क्रममा रहेको छ |

५)      अत: लागतको निश्चित प्रतिशत अनुदानमा आफ्नो जिल्लालाई सूचना मैत्री (E- District) इच्छुक जिल्ला विकासहरु समितिहरुलाई आपनो जिल्लाको विवरणहरु खुल्ने Data_Sheet_ सहित तपसिलको मिति, समय भित्र आशय पत्र (EOI)पेश गर्न अनुरोध छ |

 

६)      आशय पत्र भर्न डाटासिट तथा नमुना प्रस्ताब(namuna.pdf)को रुपमा म्याग्दी जिल्लाबाट प्राप्त प्रस्ताव प्राधिकरणमा उपलव्ध छ | साथै प्राधिकरणको Website:nta.gov.np बाट पनि डाउनलोड गर्न सकिन्छ |

 

७)      कुनै पनि आशय पत्र स्वीकृत तथा अस्वीकृत गर्ने अधिकार प्राधिकरणमा सुरक्षित छ |

तपसिल:

स्थान: नेपाल दूरसंचार प्राधिकरण, कमलादी, काठमाण्डौ |

आशय पत्र पेश गर्ने अन्तिम मिति: २०७३|२|१६

समय: वेलुकी ३:०० बजे सम्म |