सन् २०१७ सम्ममा युट्युब टिभिको रुपमा !

एजेन्सी । युट्युबले अब टिभिको स्थानमा काम गर्ने तयारि गरिरहेको खुलेको छ । युट्युब ‘अनप्लग्ड’ नामक एउटा पेड सब्सक्रिप्शन सर्भीसमा काम गरिरहेको कम्पनिले जनाएको हो । जुन ग्राहकहरुलाई केबल टीभि च्यानललाई इन्टरनेटमा स्ट्रीमिङ्ग गर्ने सुविधा दिनेछ । सो कुराको खुलासा उक्त प्रोजेक्टमा काम गरिरहेको युट्युबका कर्मचारीले गरेका हुन्।बेलायति पत्रिका ‘द टेलीग्राफ’ का अनुसार , यस प्रोजेक्टको लागि युट्युबले प्राविधिक ढाचा तयार गरिसकेको छ ।

प्रोजेक्ट अनलाइन भिडियो कम्पनीको सबैभन्दा ठुलो प्राथमिकता मध्ये एक हो । यो सेवा चाडै सुरु हुने विश्वास कम्पनिले लिएको छ ।युट्युब टिभिको रुपमा सन् २०१७ सम्ममा सुरु गर्ने ग्रहकार्य भइरहेको छ ।युट्युबका एक्जीक्यूटिभले यस योजनालाई लिएर मीडिया कम्पनिहरुसँग कुराकानी गरेका छन् । जसमा कमकस्टको एनबीसी यूनिभर्सल, वायकम, ट्वेन्टीफर्स्ट सेन्चुरी फक्स र सीबीएस जस्ता ठुला कम्पनीहरु रहेका छन् ।