विन्डोज टेनमा आधारित सबैभन्दा सस्तो ल्यापटप बजारमा

विन्डोज टेनमा आधारित सबैभन्दा सस्तो ल्यापटप बजारमा

क्यानभास ल्यापबुक  एल ११६० नामक ल्यापटप विन्डोज टेनमा आधारित भएर चल्ने सबैभन्दा सस्तो ल्यापटप भारतीय टेक्नोलोजी र स्मार्टफोन कम्पनी माइक्रोम्याक्सले बजारमा ल्याएको छ। भारतीय बजारमा यसको मूल्य १० हजार ४  सय ९९ भारु तोकिएको छ। नेपाली बजारमा भने यो ल्यापटप आइसकेको छैन्।

उक्त कम्पनीले धेरै समय इन्टरनेट र टाइप गर्नेहरुका लागि यो निकै उपयुक्त हुने दाबी छ। ११ दशमलव ६ इन्च मल्टीपल आइपीएस डिस्प्ले रहेको यस ल्यापटपमा १ दशमलव ३३ गीगाहर्ज क्वाड स्कोर र इन्टेल एटम जेड ३७३७ एफ प्रोसेस छ भने  ३ जीबीको र्याम छ।