काभ्रेमा सूचना प्रविधिको प्रयोग सम्वन्धि कार्यशाला सम्पन्न, Nabaraj Bhurtel

जिल्ला प्रहरी कार्यालय काभ्रेमा सूचना प्रविधिको प्रयोग सम्वन्धि प्रयोगात्मक ७ दिने कार्यशाला सम्पन्न

काभ्रे, कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघ काभ्रेको आयोजना तथा जि प्र का काभ्रेको संयोजनमा सूचना प्रविधि दिवस २०१६ को अवसर पारेर जि प्र का काभ्रेमा Importance & Challenges of ICT on national Security force (Nepal police) विषयक ७ दिने प्रयोगात्मक कायशाला  सम्पन्न भएको छ । आफ्नो स्थापनाको समय देखी जनचासोकोे बिषयलाइ सम्वन्धित निकायका प्रमुखहरु सम्म पु्याइ सरोकारीत समस्या न्युनिकरणका लागि अगुवा बन्दै आएकोे क्यान काभ्रेले जिल्ला प्रहरी  कार्यालयको सहकार्यमा काभ्रे जिल्ला भित्र रहेका सवै प्रहरी चौकि तथा इ प्र का बाट ३५ जना सहभागिहरुलाई ICT सम्बन्धि अनुशिक्षण गरिइको थियो क्यान महासंघ काभ्रेका उपाध्यक्ष विष्णु भक्त श्रेष्ठको संयोजकत्वमा संचालित यो कार्यक्रममा सुरक्ष निकायमा प्रविधिको प्रयोगले ल्यउन सक्ने परीवर्तन दैनिक कार्यालय संचालनमा प्रविधीको प्रयोग र संगसंगै बढ्दै गइरहेको विधुतिय अपराध साइवर क्राइम पहिचान र न्यूनिकरणमा प्रहरीको भूमिकाका विषयमा विभिन्नि विज्ञहरुले कक्षा संचालन गरेका थिए । २०७३ बैसाख १३ देखि १९ गते सम्म चलेको कार्यक्रममा १२ वटा कक्षा संचालित थिए भने १० जना प्रशिक्षकहरुले प्रशिक्षण गर्नुभएको थियो ।

ICT Day 2016 Nepal Federation can kavre Kavre CAN chapter can Kavre chapter
यसै विच आइतवार कार्यक्रम समापन तथा सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सचिव ऋषिराम गौतमको संचालन एवं उपाध्यक्ष विष्णु भक्त श्रेष्ठ ले सहभागिहरुलाई स्वगत गर्दै सुरु गरिएको कार्यक्रममा काभ्रे क्षेत्र नं २ का सभासद रामहरी सुवेदिले विश्व आज प्रविधिको किासका कारण धेरै अगाडि पुसिकेको र नेपाल पनि चाहेर वा नचाहेर त्यसमा होमिइ सकोको परिस्थितीमा अव हामि नेपालीले पनि ICT को प्रयोगलाइ आफ्नो दैनिकी बनाउनु पर्ने यथार्थता प्रष्ट्यादै काभे्रका नगर पालिकाहरुलाइ नमुना साइवर सिटीका रुपमा विकास गर्नका लागि सरकार संग जोडदार माग गर्दै अव बस्ने संसदमा आफुले कुरो उठाउने प्रतिबद्धता जनाउनु भएको थियो त्यस्तै कार्यक्रमलाइ सम्वोधन गर्दै  क्यान महासंघका का केन्द्रिय तृतिय उपाध्यक्ष रोमकान्त पाण्डेले विश्वमा भएको सुचना प्रविधिको उदाहरणहरु सम्झदै नेपालमा प्रचुर सम्भावनहरु प्रष्ट्उनु भएको थियो उहाँले आइटीपार्कको बिषयलाई जोड्दै नमुना साइवर सिटीको औचित्य र सम्भावनाका विषयमा आफ्नो धारण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रको ब्यवास्थान गरीरहेको जिल्ला प्रहरी  कार्यालय काभ्रेका तर्फबाट आफ्नो अवधारण राख्दै प्रहरी नायव उपरीक्षक नविन राज राई ले सुरक्ष निकायमा यस्ता किसिमका कार्यक्रमहरु अति आवश्यक रहेको र क्यान महासंघले यस विषयमा गरेको सरहानीय सहयोग स्मरणीय रहेको अवधारण ब्यक्त गर्दै जुन कार्यका लागि प्रहरी उपरिक्षक राजेशनाथ बास्तोला सरको भूमिका महत्व पूर्ण रहेको अवधारण ब्यक्त गर्नु भयो भने कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा अध्यक्ष नवराज भूर्तेलले क्यन काभ्रे जन चासोमा सरोकारीत विषयहरुलाई आफ्नो मिसन बनाएर लागेको र ICT क्षेत्रको एक मात्र छात संगठनका हिसावले विगतमा पनि ई भिलेज सम्वन्धि अवधारण विकास गर्दै राष्ट्रिय योजनामा पार्न सफल भइसकेको अनुभव सुनाउदै आगामी दिनमा ICT लाइ सुरक्ष निकायको अनिवार्य विषयका रुपमा प्रयोगमा ल्याउने कुरोमा निरन्तर सम्बन्धित निकायलाइ घच्घच्याइ रहने प्रतिवद्दता समेत जनाएका थिए ।