Big Day In kicks off, National ICT Day 2016

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले मे २ लाई आइसिटी दिवसको रुपमा मनाइदै छ । सूचना प्रविधि विभाग र क्यानको सहकार्यमा क्यान स्थापना भएको दिनलाई आधार मानेर आईसिटी डे विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

Digital Signature for all ICT Education for All ICT for all ICT for Girls

यसै अवसरमा क्यानले सूचना प्रविधि सम्बन्धी सन्देशमूलक प्रभातफेरी सम्पन्न गरेको छ । सोमबार विहान ७ः४५ बजे भृकुटीमण्डप सुरु भएको प्रभातफेरी शहिद गेट, न्युरोड, घन्टाघर हुदै पुन : भृकुटीमण्डपमा पुगी समापन भएको थियो ।

सोमबार बेलुका सूचना प्रविधी क्षेत्रमा काम गर्दे आएका कम्पनीहरुलाई उप-राष्ट्रपति नन्दबहादुर पुनको हातबाट  आइसिटी अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सन् १९१२ मे २ का दिन जन्म भएको क्यान आधिकारीक रुपमा १९९२ डिसेम्बरमा आएर मात्र आधिकारीक रुपमा दर्ता भएको हो । विगत केही वर्ष यता क्यानले मे २ लाई आइसिटी दिवसको रुपमा मनाउदै अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसै दिन क्यानका जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छन् । गत वर्ष भने भूकम्पका कारण सो कार्यक्रम स्थगित भएको थियो ।