ह्याकरद्वारा टि्वटर अकान्टका डाटाहरु बिक्रिमा

ह्याकरले वेब ब्राउजरको मद्धतबाट चोरेका लाखौँ टि्वटर अकाउन्टका डाटाहरु बिक्रिमा राखेका छन् । लिक डाटा सम्बन्धी एक सर्च इन्जिनका अनुसार ह्याकरहरुले लाखौँ टि्वटर अकाउन्टका लगइन डाटा अनलाइनमा बिक्रिमा राखेका हुन् । तर टि्वटरले भने यसको खण्डन गर्दै ह्याकररुले आफ्नो सिस्टममा कुनै आक्रमण नगरेको र इन्टरनेटमा बेच्न लागिएका भनिएका डाटा आफुसँग सम्बन्धित नरहेको दाबी गरेको छ । टि्वटरका प्रवक्ताको अनुसार हामीलाई विश्वास छ की यी युजरनेम तथा अकाउन्टहरु टि्वटरका डाटाबाट लिइएका होइनन् । हाम्रो सिस्टममा पनि कुनै घुसपैठ भएको छैन । हामीहरु आफ्ना प्रयोगकर्ताका डाटा सुरक्षित राख्नका लागि कोसिस गरिरहेका छौँ ता की अन्तैबाट लिक भएका डाटाहरुको माध्यमबाट हाम्रो सिस्टममा घुसपैठ नहोस् ।

डार्क वेब भनेको इन्टरनेटको एक वर्ग हो जससम्म विशेष सफ्टवेयरको माध्यमले पहुँच स्थापित गर्न सकिन्छ ।लिक्डसोर्स डट कमका अनुसार लाखौँ टि्वटर अकाउन्टहरु डार्क वेबमा बेचिँदैछ । बेच्न थालिएका डाटा सेटमा ३.२ करोड भन्दा पनि बडि टि्वटर रेकर्ड उपलब्ध छन् । जसमा युजरनेम, पासवर्ड तथा इमेल ठेगना सँग सम्बन्धित जानकारीहरु सामेल रहेका छन् । लिक्ड सोर्सले एक ब्लग पोष्टमा दाबी गरेअनुसार ऊसँग डाटासेटको एक प्रति सुरक्षित छ र डाटा सेट टि्वटर प्रयोगकर्ताको हो ।

टि्वटर