हल्ट प्राइज स्कूल अफ म्यानेजमेन्टको समापन!!

स्कुल अफ म्यानेजमेन्ट त्रिभुबन बिश्वबिद्यालय ले आयोजना गरेको यस बर्ष को हल्ट प्राइज प्रतिस्पर्धा सम्पन्न भएको छ| हिजोत्रिभुबन बिश्वबिद्यालय कि रेक्टर प्रोफेसर डा. सुधा त्रिपाठी को प्रमुख आतिथ्य माउक्त कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ| उक्त कार्यक्रम मा बिभिन्न क्षेत्र का अतिथि हरु साथै विभिन्न कम्पनि का प्रमुख हरुनिर्णायक को रुप मा उपस्थित हुनुहुन्थ्यो| कार्यक्रम मा कार्यक्रम का लागि क्यम्पस निर्देशक बिबेक अर्याल ले एस कार्यक्रम को उदेश्य उपलब्धि तथा बिद्यार्थी हरु लाइ यस कार्यक्रम ले कसरि सहयोग पुर्याउछ भन्ने कुरा राख्नु भयो|

त्यसै गरि प्रमुख अतिथि रहेकी प्रोफेसर त्रिपाठी ले यस्ता कार्यक्रम ले बिद्यार्थी लाइ अन्तरास्ट्रिय स्तर मा चिनाउन र अन्तरास्ट्रिय स्तर मा नेपाल का बिद्यार्थी पनि कम छैनन् भन्ने संदेश जाने कुरा ब्यक्त गर्नु भयो साथै उहाले बिधार्थी हरु मा दृढ बिस्वास साथै नविनतमतथा सकारात्मक सोच को बिकास हुनु पर्ने मा जोड दिनु भयो| त्यसै गरि कार्यक्रम मा विशेष अतिथि को रुप् मा उपस्थित नेपाल उद्योग परिसंघ का अधक्ष्य हरि भक्त शर्मालेबिधार्थी हरु मा सकारात्मक सोच र नविनतम सोच को बिकास हुनु पर्ने मा जोड दिनु भयो|कार्यक्रम को सुरुवात मा कार्यक्रम को उद्घाटन सत्र त्यसपछि विभिन्न क्याम्पस बाट प्रतिनिधित्व गरेर सहभागी समुह हरु बीच उनीहरु को नविनतम सोच हरुलाइप्रतिस्पर्धा गरायिएकोथियो| हल्ट प्राइज स्कूल अफ म्यानेजमेन्ट त्रिभुबन बिश्वबिद्यालय को यो वर्ष को बिजेता टिमपनिछनोट भएको छ| हिजो स्कूल अफ म्यानेजमेन्ट त्रिभुबन बिश्वबिद्यालय मा आयोजित भब्य समारोह का बीच उक्त प्रतिस्पर्धी टिम छनोट भएको हो| त्रीबी अन्तर्गत का अप्राविधिक संकाय का विभिन्न क्याम्पस हरु बाट आएका प्रतिस्प्रधी समुह हरु बीच दुइ चरण मा गराईएको प्रतिस्पर्धा बाट समुह “पुतली” विजय हुन सफल भएको छ| प्रतिस्पर्धी हरु को मुल्यांक बिभिन्न क्षेत्र का प्रतिष्ठित व्यक्ति हरु र विभिन्न कम्पनि का सिइयो हरु द्वारा  गराइएयेको थियो| दुइ समूह बाट उत्कृस्ट ४ समुह मा पर्न सफल समूह हरु लाइ अन्तिम चरण को प्रतिस्पर्धा मा सहभागी बनाइयो | त्यहाउनीहरु ले सबै समूहचरण का निर्णायकहरुसाथै थप अन्य निर्णायक हरु का अगाडी आफ्ना आइडिया लाइ प्रस्तुतगरे| उनीहरु का आइडिया लाइ निर्णायक हरु ले विभिन्नविधा मा रही मुल्यांकन गर्नुभएको थियो|

बिजेता समूह पुतली ले बिजेता को रुप मा अव क्षेत्रीय रुप मा हुने प्रतिस्पर्धा को लागि बिभिन्नदेश का १६ सहर हरु मा हुने प्रतिस्पर्धा मा कुनै एउटा सहरमा भाग लिन पाउनेछ भने त्येस्का अलवा आयोजक क्याम्पस को तर्फ बाट १०,००० रुपैयापनिपाएको छ साथै उक्त समूह ले विभिन्न स्पोन्सर हरु बाट विभिन्नपुरस्कारहरु हात परेको छ| यस बर्ष हल्ट को प्रतिस्पर्धा गर्न को लागि “Harnessing the power of energy to transform the lives of 10 million people “ भन्नेबिषय रहेको थियो| बिजेता समुह ले यसै विधा अन्तर्गत रही आफ्नो आइडिया प्रस्तुत गरेका थिए|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here